नेकपाभित्रको विवाद समाधान, राष्ट्रिय सभा सदस्यमा गौतम, अर्थमन्त्रीमा खतिवडा
काठमाडौँ । राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गरिएको विषयलाई लिएर नेकपाभित्र सिर्जना भएको आन्तरिक विवाद समधान भएको छ ।
पार्टीको सिफारिसअनुसार उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य हुने र अर्थमन्त्रीका रूपमा डा. युवराज खतिवडालाई नै निरन्तरता दिनेगरी सहमति खोजिएको हो ।
यसअघि गौतमलाई राष्ट्रिय सभा सदस्यमा पठाउने पार्टीको सिफारि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अमान्य हुने बताएपछि उत्पन्न भएको विवाद वरिष्ठ नेता माधवकुमार नेपालको पहलमा साम्य भएको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा गत बुधबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफरिस गर्ने निर्णय गरेको थियो ।
नेता नेपालले खतिवडालाई नै अर्थमन्त्रीमा आगामी ६ महिना राख्न सक्ने बताएपछि प्रधानमन्त्री ओली उपाध्यक्ष गौतमलाई नै राष्ट्रिय सभा सदस्य बनाउन सहमत भएका हुन् ।
प्रतिक्रिया