प्युठानमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु, २२ जना घाइते
नेपालखोज
२०७८ चैत ५ गते १७:३७

प्युठान । प्युठानमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । प्युठानको रातामाटाबाट दाङको घोराही जाँदै गरेको यात्रुवाहक बस आज प्युठानको माण्डवी गाउँपालिका–२ नजिकै दुर्घटना भएको हो ।
मुत्यु हुनेमा दाङको घोराही–३ का १ वर्षीय बालक अंशु परियार रहेको प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाइतेहरुको दाङस्थित राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य छ । ३० यात्रु बोकेको बस अनियन्त्रित हुँदा सडकदेखि ७० मिटर तल खसेको थियो ।
सम्बन्धित

प्रतिक्रिया