सुनको भाउ घट्याे
नेपालखोज
२०७८ चैत ६ गते १२:०६

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ६०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ १० रुपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ९९ हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९८ हजार ७०० रहेको छ । त्यसैगरी, चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया