मंगलबार, वैशाख १६, २०८२

राष्ट्र बैंकद्वारा पुनः ११ अर्ब ८३ करोड रुपैयाँँको ट्रेजरी आह्वान

नेपालखोज २०७८ चैत ६ गते १४:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि (सोमबार) अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने चैत ८ गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरी ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँबराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरीहरूको परिपक्व हुने अवधि भने २०७९ असार सात गते, २०७९ असोज ४ गते र २०७९ चैत ७ गते देखिएको छ । बिक्री हुने यी सबै ट्रेजरी पुरानो नवीकरणअन्तर्गतको रहेको राष्ट्र बैंकको भनाइ छ ।

यसअघि यही यही चैत १ गते पनि राष्ट्र बैकले १० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया