बिहीबार, असार १९, २०८२

‘नागरिकमैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण’ तालिम उद्घाटन

नेपालखोज २०७८ चैत ६ गते १४:४३

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा प्रहरी हवल्दार / प्रहरी जवान लक्षित ‘नागरिक मैत्री सेवा तथा मानव अधिकार विशेष अनुशिक्षण’ महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा आज आइतबार एक कार्यक्रमबीच उद्घाटन भएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले उक्त अनुशिक्षण तालिमको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीहरुको वृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै नागरिकहरू सँग गर्ने व्यवहारमा थप सुधार हुने उल्लेख गरे । उनले ट्राफिक प्रहरीको व्यवहार दुरुस्त भयो भने प्रहरी संगठनकै छवि उच्च हुने भएकाले आम नागरिकलाई गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्नेमा जोड दिए । जनताले रुचाइएको, निष्पक्ष, प्रविधिमैत्री एवम् जनउत्तरदायी, ट्राफिक प्रहरीको रुपमा आफूलाई प्रस्तुत गर्न प्रशिक्षार्थीहरूलाई उनले निर्देशन दिए ।

आगामी दिनमा प्रहरी कर्मचारीहरुबाट सडक र कार्यालयमा आउने सेवाग्राही संग गरिने आचरण, व्यबहारलाई थप शिष्ट , सभ्य र मर्यादित बनाई सेवा प्रवाहलाई पारदर्शी, सरल, सहज एवं प्रभावकारी हुने कुरा समेत बताए । जम्मा ५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ७ जना र प्रहरी जवान २८ जना गरी कुल ३५ (८ महिला सहित) जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको महाशाखाले जनाएको छ ।

उक्त तालिममा नागरिक मैत्री व्यवहार, सामाजिक समावेशीकरण, लैंगिक सचेतना, मानव अधिकार, स्थानीय संस्कृत्ति, परम्परा, भाषा तथा प्रचलनको सम्मान सहितको प्रहरी कार्य आदि विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्दे तालिमलाई वैज्ञानिक र स्तरिय ढंगले संचालन गरिने कुरा समारोहमा जानकारी गराइएको थियो । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया