आइतबार, जेठ ६, २०८१

जीवन पराजुलीको पुस्तक ‘क्लोज अप’ सार्वजनिक

नेपालखोज २०७८ चैत ६ गते १४:४२

काठमाडौं । सिने पत्रकार एवं लेखक जीवन पराजुलीको पुस्तक ‘क्लोज अप’ सार्वजनिक भएको छ । नेपाली सिने जगत र चलचित्र उद्योगलाई विकसित तुल्याउनका लागि पर्ने ६१ पात्रका कथा र उनीहरुको योगदानलाई पुस्तकमा समेटिएको लेखक पराजुलीले बताए ।

पुस्तकमा नेपाली सिने जगतमा नेतृत्वदायी भुमिकामा रहेर काम गरेका महिला, सिने नगरीमा अहिलेसम्म योगदान दिएका निर्देशक र कलाकारहरुको बारेमा तथ्यपरक रुपमा लेखिएको लेखक पराजुलीको भनाइ छ । उनले पुस्तकमा नेपाली सिने क्षेत्रका विभिन्न कालखण्डका व्यक्तिहरुको बारेमा ५० वर्षे नेपाली सिनेमा क्षेत्रमा देखा परेका समस्या, सबल पक्ष र वर्तमान अवस्थालाई व्याख्यात्मक रुपमा विश्लेषण गरीएको छ ।

लेखक पराजुलीले पुस्तकमा २०२६ साल देखिको नेपाली चलचित्रको बारेमा विस्तृत रुपमा जानकारी मिल्ने बताए । उनले नेपाली चलचित्र शुरु भए देखिको चलचित्र क्षेत्रको नेतृत्व, मतभेद, शाही नेपाली चलचित्र संस्थानमा भएको मत मतान्तरका बारेमा पनि पुस्तकमा खुलाइएको बताए । लेखक पराजुलीले नेपाली चलचित्र शुरु भएको बेलामा नेतृत्व गरेका यादव खरेल, स्व. चेतन कार्कीको बारेमा पनि पुस्तकमा विस्तृतमा समेटिएको पनि बतााए । लेखक पराजुलीले पुस्तकमा विशेष गरेर नेपाली सिने क्षेत्रका कलाकारहरुका चुनौति र सफलताको बारेमा पनि पुस्तकमा समावेश गरेको जानकारि दिए ।

लेखक पराजुलीले पुस्तकमा महानायक राजेश हमालको चलचित्र क्षेत्रमा प्रवेश र योगदानका बारेमा पनि चर्चा गरेको बताएका छन् । पुस्तकमा महानायक हमाल र महानायिका मानन्धरको फिल्म क्षेत्रको लामो सहकार्य र अमेरिका पलायन सम्मको कथा पनि पुस्तकमा समेटेको बताए । लेखक पराजुलीले यस्ता कुनै पनि क्षेत्रको इतिहास बोकेका पुस्तकहरु सोही विषय अध्ययनरत विद्यार्थीहरुको जानकारीका लागि पाठ्यक्रममा सामवेश गर्नुपर्ने बताए । उनले यो पुस्तक शिक्षा, संस्कृति र सञ्चार मन्त्रालय सँग जोडिने भएकोले पाठ्यक्रममा समावेश गर्दा यसले शिक्षा, संस्कृति र सञ्चारको क्षेत्रलाई थप टेवा पुग्ने उनको भनाइ रहेको छ ।

लेखक पराजुलीको पुस्तक ‘क्लोज अप’ मा विशेष गरेर नेपाली चलचित्र क्षेत्रको अहिले सम्मको काल खण्डलाई समेटिएको छ । पुस्तक विशेष गरेर सिने क्षेत्रलाई अहिलेसम्म ल्याउनका लागि योगदान दिएका सिनेकर्मीहरुको बारेमा पुस्तक तयार भएको छ । पुस्तकमा अझै केही सिने नगरीलाई महत्वपूर्ण योगदान दिने सिनेकर्मीहरुको बारेमा पर्याप्त तथ्य नहुँदा छुटेको पनि लेखक पराजुलीले बताए । उनले आगामी संस्करणमा छुटेका ती सिनेपात्रलाई समावेश गर्दै भएका केही त्रुटी र गुनासाहरुलाई परिमार्जन गर्ने प्रतिवद्धता पनि जनाए ।

लेखक पराजुलीले सिने क्षेत्रको यो इतिहास अहिले सम्म एकै ठाउँमा कतै नभेटेको र त्यही इतिहासलाई एक ठाउँमा बनाउने प्रयास स्वरुप पुस्तक तयार गरेको र पुस्तकले नेपाली चलचित्र उद्योग र चलचित्र सम्बन्धि अध्ययनरत विद्यार्थीहरुलाई धेरै सहयोग पुग्ने लेखक पराजुलीको विश्वास छ ।

प्रतिक्रिया