नैतिकवान र पारदर्शी व्यक्तिले मात्रै समाजमा याेगदान दिन सक्छ : उपराष्ट्रपति पुन

नेपालखोज २०७८ चैत ६ गते १७:०७

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे–मान्छेका बिचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित स्वर्णिम युग फाउन्डेशनको शुभारम्भ तथा खेम शर्मा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले मान्छे–मान्छेका बिचमा असमानता र विभेद हुनु नपर्ने बताए ।

समाजमा धनि र गरिबका बिचमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा असमानता र विभेद रहेको भन्दै त्यस प्रकारको विभेदको अन्त्य हुनुपर्ने बताए । उपराष्ट्रपति पुनले विभेदको अन्त्यका लागि थुप्रै खालका राजनीतिक संघर्षहरु भएपनि जनताले अपेक्षा गरे अनुसारको परिवर्तन हुन नसकेको बताए ।

उपराष्ट्रपति पुनले देशले मलाई के दियो भनेर होइन देशलाई मैले के दिन सक्छु भनेर सोच्नुपर्ने र सकारात्मक सोचका साथ देशका लागि सकेको योगदान गर्नुपर्नेमा उनले जोड दिए । उनले अनुशासित, नैतिकवान, पारदर्शी र अरुको हितको लागि सोच्ने व्यक्तिले मात्रै समाजका लागि राम्रो गर्न सक्ने स्पस्ट पारे ।

प्रतिक्रिया