बिहीबार, जेठ १०, २०८१

माओवादी १४/१५ वटा समूहमा विभाजन भयो : प्रचण्ड

नेपालखोज २०७८ चैत ६ गते १८:२३

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरेपनि रुपान्तरण गर्न नसकिएको बताएका छन् । आइतबार पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताएका हुन् ।

प्रचण्डले माओवादी आन्दोलनलाई नयाँ ढंगले रुपान्तरण गर्नुपर्ने कुरामा पनि जोड दिए । उनले भने, ‘यो पार्टी क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिने ? बनाउन सम्भव छ भन्ने प्रतिगमन विरुद्धको आन्दोलनले देखायो । फलाम तातेको बेला हान्न पर्छ, यही हो बेला भनेर हामी पार्टी निर्माण तिर लागेका हौं ।’

उनले जनताको बल र सहि विचारको आलोकमा माओवादी पार्टीमाथि जनताको विश्वास बढ्दै गएको पनि बताए । उनले भने, ‘केपी ओलीलाई रुपान्तरण गर्न सकिएला कि भनेर हामीले पार्टी एकता गरेउँ । तर त्यो सकिएन । जनताको बलमा, सहि विचारको आलोकमा हामी यहाँ आईपुग्यौं ।’

प्रचण्डले शान्ति प्रक्रियापछि कटवाल कान्ड हुँदै पार्टी विभाजनको श्रृखंला शुरु भएको बताए । प्रचण्डले कटवालकान्डपछि पार्टीमा विभाजनको श्रृंखला सुरु भएको बताएका छन् । प्रचण्डले विभाजन हुँदै अहिले १४/१५ वटा समूह बनेको समेत बताए । उनले भने, ‘कटवालकाण्ड हुँदै पार्टी विभाजनको श्रृंखला सुरु भएको थियो । एउटा, दुईवटा, तीनवटा कति हो कति ? अहिले फेरि एकता लागि १४/१५ समूह लाइनमा छन ।’

उनले प्रतिगमनविरोधि आन्दोलनमा आफु माइतीघर मण्डलामा पलेँटी कस्दा कतिले प्रचण्ड सकियो भन्ने गरेको स्मरण गर्दै आफुले पलेँटी केसकै कारण विशाल आन्दोलन बन्न पुगेर प्रतिगमन परास्त हुन पुगेको बताए । उनले भने, ‘एउटा टेलर गत पुसपछि देखियो, यो पार्टी क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिने रु क्रान्तिकारी बनाउन सम्भव छ भन्ने प्रतिगमन विरुद्धको आन्दोलनले देखायो ।’

प्रतिक्रिया