लेटाङमा बिहानैदेखि कर्फ्यु
नेपालखोज
२०७८ चैत ७ गते ७:५८

काठमाडाैं । मोरङको लेटाङमा कर्फ्यु आदेश जारी गरिएको छ । लेटाङ नगरपालिका–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु आदेश जारी गरेको हो ।
हिजो स्थानीय र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको थियो । स्थिति तनावपूर्ण बनेकाले लेटाङमा कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया