मारिओपोलमा आत्मसमर्पण गर्न रुसले गरेको आह्वान युक्रेनद्वारा अस्वीकार
नेपालखोज
२०७८ चैत ७ गते ८:२४

मस्कोले दिएको समयसीमाभन्दा अगावै युक्रेनी सरकारले निरन्तर आक्रमणमा परिरहेको मारिओपोल सहरमा आत्मसमर्पण नगर्ने जबाफ दिएको छ ।
आत्मसमर्पण गरेर हतियार त्यागे लडाकु र गैरसैनिकलाई सुरक्षित मार्ग दिने रुसले भनेको थियो । युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेस्चुकले आफ्ना सैनिकले हतियार त्याग्ने प्रश्नै नउठ्ने बताएकी छन् । रुसले आत्मसमर्पण गर्न दिएको समयसीमा सकिनु घण्टौँ अगाडि नै उनले त्यसो भनेकी हुन् । मस्कोले सोमबारबाट त्यहाँ सुरक्षित मार्ग खोलिदिने बताएको छ ।
कोही बाँकी रहे उनीहरूले सैन्य अदालतको सामना गर्नुपर्ने पनि उसले चेतावनी दिएको छ । तर मारिओपोल सहरका मेयरका एकजना सल्लाहकारले मस्कोको प्रस्ताव विश्वास गर्न नसकिने भन्दै अन्तिमसम्म लडिरहने बताए । बीबीसी
सम्बन्धित
प्रतिक्रिया