मंगलबार, जेठ ८, २०८१

नेपालमा कोरोना पुष्टि भएका ९८ दशमलव ५ प्रतिशत निको भए

नेपालखोज २०७८ चैत ७ गते १७:०५

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका सक्रिय संक्रमितको संख्या झन्डै तीन हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा थप १४७ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएसँगै सक्रिय संक्रमितको संख्या ३ हजार १३५ मा झरेको हो ।

हाल नेपालमा कोरोना संक्रमण मुक्त भइ निको हुनेको कुल संख्या ९ लाख ६३ हजार १११ पुगेको छ । संक्रमण निको हुने दर ९८ दशमलव ५ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ९७८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४१ जना र १ हजार ७७४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जना गरी कुल ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन् । त्यस्तै, गत चौबीस घण्टामा देशभर ५९ हजार ३७८ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन् ।

प्रतिक्रिया