चुनावी तालमेलबारे कांग्रेसमा एकमत छैन : प्रकाशमान सिंह

नेपालखोज २०७८ चैत ७ गते १८:१८

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावी तालमेलबारे अहिले कांग्रेसमा तीन थरी धारणा रहेको बताएका छन् । कांग्रेस बागमती प्रदेशको भवन उदघाटन गर्दै उनले पार्टीमा एकमत नभएको प्रष्ट पारेका हुन् ।

उनले घरघर पुगेर जनतालाई बुझाउन पनि कार्यकर्तालाई अनुरोध गरे । उनले भने, ‘एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ । अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छौं।’

प्रदेश नेताहरुलाई घरघर पुगेर जनताको मन जित्ने र कांग्रेस उम्मेदवार हरुलाई जिताउन लाग्न समेत जोड दिए । सिंहले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिनु पर्ने बताए । निर्वाचनमा आफूले चाहे जस्तो नतिजा नआएपछि जिम्मेवार नेताहरुले सार्वजनिक रुपमा अतिरञ्जित अभिव्यक्ति दिनु दु:खद रहेको उनले बताए।

पार्टीका केही नेताहरुमा राजनीतिक संस्कार नदेखिनु सिनियर नेताहरु माथि गालिगलोजमा उत्रिएर तालि खाने भाषण दिँदै हिड्दा के यसले उनिहरुलाई राम्रो गरेको छ ? सिंहले प्रश्न गरे । अधिवेशन को बिषयलाई लियर केही जिम्मेवार नेताहरु सार्वजनिक र सामाजिक संजालको प्रयोग गरी गलत भ्रम फिजाउन लाग्नु कांग्रेसका लागि नराम्रो हुने बताए। अब सबैले पार्टीले हितमा राखेर विधि सम्वत पार्टी निर्णयमा जानुपर्ने बताए ।

कांग्रेसले जहिले पनि जनताको हित हुने काम गर्ने बताए । विद्धुत र सडकको लागी मात्र एमसीसी अनुदान लिएको उनको भनाइ थियो । गठबन्धनका केही दलहरू एमसीसीको बारेमा दोहोरो चरित्र देखाएको आरोप लगाए । नेता सिंहले कांग्रेस जतिको भरोसाको पार्टी अरू नभएको बताए । उनले भने, ‘अरू पार्टीहरू सरकारमा बस्छ, एमसीसी ठिक छ भन्छन्, एमसीसीलाई चिठि पनि लेख्छ अनि पास गर्ने बेलामा एमसीसी राष्ट्रघाती छ भन्छन् ।’

प्रतिक्रिया