आइतबार, वैशाख २८, २०८२

खेल क्षेत्रको बजेट बढाउन प्रधानमन्त्रीसँग निरन्तर संवाद गरिरहेको छु : मन्त्री गहतराज

नेपालखोज २०७८ चैत ७ गते २१:०५

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ । राखेपको ५८ औं वार्षिक उत्सवको अवसर पारेर युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले प्रशासनिक भवनको उद्घाटन गरेका हुुन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा रहेको राखेपको भवन उद्घाटन गर्दै मन्त्री अथकले नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिए । मन्त्रालयले कार्यविधि बनाएर प्रतियोगिता संचालनको प्रक्रिया सुरु गरेको उनले बताए । मन्त्री गहतराजले आगामी जेठको १५ भित्रै प्रतियोगिता सम्पन्न गर्ने गरी युद्धस्तरमा तयारी थाल्न आग्रह गरे ।

जेठ १५ गतेसम्म राष्ट्रिय प्रतियोगिता सम्पन्न भए त्यस लगत्तै एसियन गेमको तयारीका लागि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखी युद्धस्तरको तयारीमा लाग्ने योजनामा रहेको मन्त्री अथकले बताए । अदालतका कारण थुप्रै कठिनाईहरुको सामना गर्नुपरिरहेको तर्फ ईगिंत गर्दैै मन्त्री अथकले त्यसलाई चिरेर मन्त्रालय अघि बढ्न प्रतिवद्ध रहेको समेत प्रष्ट पारे ।

कर्मचारीहरुबाटै राखेपको नेतृत्व गर्ने अवस्था सृजना हुनु आफैमा सकारात्मक पक्ष रहेकाले उक्त अवसरलाई प्रयाप्त मात्रामा सदुपयोग गर्न समेत मन्त्री अथकले सुझाव दिए । आगामी दिनमा कर्मचारीहरु भित्रबाटै राखेपले नेतृत्व पाउने गरी ऐन संसोधनका लागि पहल भईरहेको समेत उनले जनाए ।

राज्यले खेललाई अनुत्पादक क्षेत्रका रुपमा हेर्ने गरेको मन्त्री अथकको गुनासो थियो । खेल क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । जनसम्बन्धको भरपर्दो माध्यमका रुपमा समेत रहेको खेल क्षेत्रको विकासमा राज्यले उचित ध्यान दिनुपर्ने बताउँदै मन्त्री अथकले आगामी आर्थिक वर्षमा खेल क्षेत्रको बजेट बढाउन प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग निरन्तर संवाद भईरहेको जानकारी दिए ।

प्रतिक्रिया