मंगलबार, वैशाख १६, २०८२

पुरुषको भाग्य चम्काउने युवती !

नेपालखोज २०७८ चैत ८ गते ७:१७

ज्योतिष शास्त्रअनुसार यो संसारमा हरव्‍यक्तिले जे पाइरहेको छ वा जे गुमाइरहेको छ त्यसको कारण उसक‍ भाग्‍य हो । हाम्रो जन्‍म जुन नक्षत्र एवं ग्रहको स्थितिमा हुन्छ त्यसको सीधा प्रभाव हाम्रो पूरा जीवनभर परिरहन्छ । त्यसैले भनिन्छ भाग्यभन्दा ठूलो अरु केही हुँदैन । हाम्रा जे जति उपलब्धि वा त्रासदी छन् ती सबै भाग्यद्वारा निर्धारित छन् । हामीले त बस कर्म गर्ने हो । ज्‍योतिषशास्‍त्रअनुसार केही मानिसको ग्रह यति बलिया हुन्छन् कि उनीहरुले आफ्नो मात्र होइन आफूनिकटका व्यक्तिको समेत भाग्य चम्काइ दिन्छन् । यस क्रममा हेरौं युवतीहरुका ती राशि जसले विवाहपछि श्रीमानको भाग्यसमेत चम्काइदिने ल्याकत राख्छन् ।

कन्या राशि (Virgo) – कन्या राशिका युवतीहरु निकै समझदार मानिन्छन् । यिनीहरु आफ्ना हरेक काम सोच-विचार गरी सजग ढंगले सम्पन्न गर्छन् । यिनको स्‍वभाव धेरै माया एवं रेखदेख गर्ने खालको हुन्छ । यिनीहरुले श्रीमानका साथै घरका सबै सदस्‍यको ख्याल राख्छन् । जीवनसाथीको सफलतामा उनीहरुको खास योगदान हुन्छ । कन्या राशि हुने युवतीहरु श्रीमानको हर सुख-दु:खमा साथै रहन्छन् ।

मकर राशि (Capricorn) – मकर राशिका युवतीहरु निकै परिश्रमी हुन्छन् । यिनीहरु चुनौतीसँग डराउँदैनन् भने पराजय स्‍वीकार गर्ने खालका पनि हुँदैनन् । यिनले काम हातमा लिएपछि त्यसलाई पूरा गरेरै छाड्छन् । मकर राशिका युवतीहरु आफ्नो जीवनमा सफल पनि हुन्छन् । लाइफ पार्टनरक‍ो सफलतामा पनि यिनको महत्त्वपूर्ण भूमिका हुन्छ । यिनीहरु हमेसा राम्रो सल्लाहकार साबित हुन्छन् र दूरगामी सोच राख्छन् ।

वृष राशि (Taurus) – वृष राशिका युवतीहरु मिहिनेतीका साथै इमानदार एवं बुद्धिमान हुन्छन् । यिनीहरु आफ्ना श्रीमानका लागि समेत भाग्‍यशाली मानिन्छन् । यिनीहरुसँग विवाह गरेलगत्तै युवकले सफलता प्राप्त गर्न थाल्छ । यो राशिका युवतीहरुले श्रीमान्‌लाई हर प्रकारले सहयोग गर्छन् । यिनीहरुका श्रीमान्‌ले पनि यिनीहरुलाई धेरैभन्दा धेरै माया गर्नुका साथै पर्याप्त इज्‍जत पनि दिन्छन् ।

प्रतिक्रिया