सोमबार, वैशाख १५, २०८२

किन गरिन्छ पिपलको पूजा ?

नेपालखोज २०७८ चैत ८ गते ५:००

हिन्दु धर्ममा पिपल वृक्ष को धेरै नै महत्व छ । यसलाई अरु वृक्षभन्दा शुद्ध तथा पूजनीय मनिन्छ । यस्लाई विश्व वृक्ष, चैत्य वृक्ष तथा वासुदेवको नाम पनि दिइएको छ । हिन्दु धर्ममा लेखिएको छ कि पीपलको हरेका पातमा देवताको खास गरेर विष्णु भगवान्को वास हुन्छ । तर पिपलको पूजा गर्नुको पछाडि वैज्ञानिक कारण पनि छ । शनिबारको दिन शनिदेवको साथ पिपलको पूजा गरिन्छ । भनिन्छ पिपलको पूजाले काममा सफलता मिल्छ ।

धार्मिक कारण

पिपलको वृक्षको पूजा गर्नुको पछाडि रोचक धार्मिक कारण छ । श्रीमद्भगवदगीता मा भगवान्श्री कृष्णले भनेका छन् कि ‘अश्वत्थः सर्ववृक्षाणाम, मूलतो ब्रहमरूपाय मध्यतो विष्णुरूपिणे, अग्रतः शिवरूपाय अश्वत्थाय नमो नमः’ यानि म वृक्ष मा पीपल हुँ । पिपलको मूलमा ब्रह्मा जी, मध्य मा विष्णु जी र अग्र भागमा भगवान शिवजी साक्षात रूप ले विराजित छन् । हिन्दु परंपरामा वृक्षलाई देवताको रुप मानेर पूजा गरिन्छ । यस कारणले पिपललाई देवता मानेर पिपलको पूजा गरिन्छ ।

पूजाले मिल्छ शुभ फल

पिपलको रुखमा नियमित रुपले जल चडाउँदा मनोकामना पूर्ति हुन्छ । शत्रुको नाश हुन्छ । सुख संपत्ति, धन–धान्य, ऐश्वर्य, संतान सुखको पनि प्राप्ति हुन्छ । यस्को पूजाले ग्रह दोषको पनि निवारण हुन्छ । शनिवारको दिन पीपलको वृक्ष को पूजा गर्दा जीवनमा आइलागेको सबै दुख नष्ट हुन्छ ।

पिपलको वृक्षको तल तोरीको तेलको दीपक जलाउँदा लाभ मिल्छ । हरेक दिन सम्भव भएन भने पनि शनिवारको दिन यो गर्दा लाभदायक सिद्ध हुन्छ । यस्तो गर्दा रोकिएको र बिग्रेको काम बन्छ ।

साथै जीवनमा सफलता मिल्छ । शनिबार पिपलमा जल चडाउनु श्रेष्ठ मानिन्छ । पिपलको वृक्षलाई काटनु हिन्दु धर्ममा वर्जित मानिएको छ । किन भने यस्तो गर्दा पितृलाई कष्ट मिल्छ र वंशवृद्धिमा पनि रुकावट आउने विस्वास हिन्दु धर्ममा छ ।

प्रतिक्रिया