रोयल इनफिल्डको नयाँ स्क्रेम ४११

काठमाडौं । रोयल इनफिल्ड (Royal Enfield) ले आफ्नो नयाँ मोटरसाइकिल स्क्रेम ४११ सार्वजनिक गरेको छ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य ३ लाख २५ हजारदेखि सुरु हुन्छ । स्क्रेम ४११ रोयल इनफिल्डको हिमालयनकै किफायती भर्सन हो । Royal Enfield Scram 411 को प्रतिस्पर्धा Yezdi Scrambler तथा Honda CB350RS जस्ता बाइक्ससँग हुनेछ ।
यो बाइकमा एक राउन्डिस ओल्ड-स्कुल हेडल्याम्प, पूर्ण डिजिटल सर्कुलर इन्स्ट्रूमेन्ट क्लस्टर, आरामदायिक सिटका साथ एर्गोनोमिक डिजाइन, एलईडी टेललाइट आदि दिइएको छ । स्क्रेम ४११ लाई हिमालयनभन्दा किफायती बनाउन यसमा नयाँ इन्स्ट्रूमेन्ट कन्सोल, सानो फ्रन्ट ह्विल तथा बेसिक बडी प्यानल प्रयोग गरिएको छ । यो बाइक ह्वाइट, सिल्भर, ब्ल्याक, ब्ल्यु, ग्रेफाइट रेड तथा एलो आदि विभिन्न कलर अप्सनमा उपलब्ध हुन्छ ।
यसमा १९ इन्चको मल्टी-पर्पज फ्रन्ट ह्विल तथा १७ इन्चको रियर ह्विल प्रयोग गरिएको छ । सानो फ्रन्ट ह्विलका कारण स्क्रेममा हिमालयनको तुलनामा १,४५५ एमएमको केही सानो ह्विलबेस उपलब्ध हुनेछ । यसमा हिमालयनकै ४११ सीसी सिंगल-सिलिन्डर, एयर-कुल्ड इन्जिन दिइएको छ । पावर र टर्क आउटपुट पनि २४.३ बीएचपी र ३२ एनएम नै छ । यो फाईभ स्पीड गियरबक्सयुक्त बाइक हो ।
यसको ग्राउन्ड क्लियरेन्स हल्का कम गरिएको छ भने सिटको हाइट ७९५ एमएम छ जुन केही होचा कदका मानिसका लागि सुविधाजनक हुनेछ । यसमा १९० मिमीको फ्रन्ट ट्राभल तथा १८० मिमीको रियर ट्राभलिङ सस्पेन्सन जडान गरिएको छ । यो बाइकमा वैकल्पिक ट्रिपर नेभिगेसन सिस्टम छ ।
प्रतिक्रिया