बिहीबार, जेठ १०, २०८१

पूर्वी भागमा हावाहुरीसहित वर्षाको सम्भावना, ठूलो असर भने नदेखिने

शुक्रवारसम्मै पूर्वी भागमा असिना पानी र हावाहुरी चल्ने सम्भावना

नेपालखोज २०७८ चैत ८ गते १७:०५

काठमाडौं । नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । मौसमविद् डा. धर्मराज उप्रेतीले भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव स्वरुप नेपालको पूर्वी भेगमा हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताए ।

आज संचारकर्मीसँग कुराकानी गर्दै मौसमविद् उप्रेतीले ६० देखि ७० किलोमिटर प्रतिघण्टाकोे वेगमा चलिरहेको हावाले बंगालको खाडी र म्यान्मारमा हाल ठुलो पानी पारिरहेको र दुई, तिन दिन अझै यसको वेग बढ्ने बताए । यस आँधीको असर नेपालको पूर्वी भाग र उच्च हिमाली क्षेत्रमा पनि देखिएको छ ।

शुक्रवारसम्ममा पूर्वी भागमा असिना पानी र हावाहुरी चल्ने सम्भावना रहेको उनले जानकारी दिए । सामान्य हावाहुरी र असिना पानी परे पनि ठुलो असर भने नदेखिने उनले स्पष्ट पारे । सामान्यत् मार्च महिनामा यस्तो समुद्री आँधी नआउने भए पनि जलवायु परिवर्तनको असर स्वरुप छिट्टै आँधी आएको उनले उल्लेख गरे ।

प्रतिक्रिया