प्रदेश १ को पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना

नेपालखोज २०७८ चैत ८ गते ६:०८

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भ-भागमा मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, प्रदेश १ को पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै, आज राति देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने भने प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया