बुधबार, जेठ १, २०८२

प्रहरी जवानको हत्या गर्ने दोषिलाई कारबाही ?

नेपालखोज २०७८ चैत ८ गते १२:०९

काठमाडाैं । मोरङको लेटाङमा प्रहरी जवान हत्या भएको घटनलाई लिएर ‘न्यायका लागि मानव अधिकार’ संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्ति जारी गर्दै न्यायका लागि मानव अधिकारले सबैलाई सचेत हुन र कानूनको पालना गर्न आग्रह गरेको छ ।

चैत ५ गते यौन दुर्व्यवहारको आरोपित पक्राउ गर्दा भिड नियन्त्रण गर्ने सम्बन्धमा झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । कानूनी शासनमा विश्वास गर्न नागरिकलाई न्यायका लागि मानव अधिकारले अनुरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षाको जिम्मेवारी लिएको प्रहरी संगठनले कानून कार्यान्वयनका लागि जुनसुकै घटनाका दोषिहरुलाई पनि सम्बन्धीत निकायमा पुर्‍याउने कानूनी कर्तव्य हो । घटनाको गम्भिरताको कारण आम जनमानसमा तत्काल उत्तेजना पैदा भएको छ । प्रचलित कानूनको अधिनमा रही अनुसन्धान पद्धती र न्यायीक निकायबाट दोषिकरार गरी दण्डीत गराउन सहयोग गर्नु समेत हरेक नागरिकको दायित्व हो ।’

संस्थाले आवेग र उत्तेजनामा आएर प्रहरीलाई दोषी नदेख्न समेत अनुरोध गरेको छ । प्रहरीले आफ्नो कर्तव्यमात्र पालना गरेको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कानून हातमा लिने प्रयास गर्दा प्रहरी जवानमाथि नै घातक हतियार प्रयोग गरी हत्या गर्ने दोषिहरु तथा यौन दुर्व्यवहार गर्ने शिक्षक उपर समेत उचित र प्रभावकारी अनुसन्धान गर्न नेपाल सरकारलाई र जस्तोसुकै परिस्थीतिमा पनि कानूनी शासनका पक्षमा उभिन सम्बन्धीत सबैमा हार्दिक अपिल गर्दछौं ।’

प्रतिक्रिया