अभद्र व्यवहार गरेको अभियोगमा तीनजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२० कोहिटीस्थित बस्ने १८ वर्षीय किशोर र एक जना नाबालकलाई अभद्र व्यवहार (सार्वजनिक स्थानमा हातपात) गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२१ लगन घर भएका ३० वर्षीय अनिज नेपाली, सोही ठाउँ बस्ने ३० वर्षीय सुमन नेपाली र १६ वर्षीय किशोर पक्राउ परेका छन् ।
होलीमा भएको विवादलाई पुनराबृत्ति गरी भोटेवहाल बस्ने केही व्यक्तिहरुले अभद्र व्यवहार गरेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी कन्ट्रोल कक्ष र क्विक रेस्पोन्स टिमबाट खटिएको प्रहरीले पीडितहरुलाई उद्दार गरी उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाएको थियो ।
घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त जनसेवा बाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त जनसेवा बाट आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया