अमेरिकामा दुई लाख ७० हजार बालबालिकामा कोरोना संक्रमण
नेपालखोज
२०७८ चैत ८ गते १४:१८

सिन्ह्वा । अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोना भाइरस बाट संक्रमित भएका छन् । अमेरिकाको बालबालिका अस्पताल संघले सोमबार दिएको जानकारी अनुसार महामारी सुरु भए देखि अहिले सम्म एक करोड २० लाख ८० हजार भन्दा बढी संक्रमित भएका छन् ।
गत मार्च १७ सम्ममा पछिल्लो एक हप्तामा भने ३१ हजार ९९१ बालबालिका कोरोना भाइरस बाट संक्रमित भएका छन् । ठूलो संख्यामा बालबालिकाहरु कोरोना भाइरस बाट संक्रमित भएको विषयलाई अमेरिकी अधिकारीहरुले चिन्ताको रुपमा लिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया