पीएनजीको १ सय ७४ रनको लक्ष्य, नेपालले बनायो ? रन

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल सामु पपुवा न्युगिनी (पिएनजी) ले १ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिलो ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ य ७३ रन बनाएको थियो। उसका लागि कप्तान असद भालाले सर्वाधिक ४५ रनको योगदान दिए। उनलाई पवन सराफले आउट गरेका थिए। सराफको यो एकदिवसिय अन्तराष्ट्रियमा पहिलो विकेट समेत हो।
त्यस्तै पिएनजीका लागि थप दोहोरो स्कोरका रुपमा लेगा सिएकाले २० रन बनाउँदा चर्लेस अमिनीले १३ रन जोडे। त्यस्तै सेसु बाउ १९ रनमा पेभिलियन फर्किदा नोरमन भनुवाले १८ रन बनाए। उसका लागि चाद सोपर २२ तथा कबुआ मोरेआले १७ रनको अविजित इनिङ खेले। यि दुईले नवौं विकेटका लागि ३६ रनको अविजित साझेदारी गरेका थिए ।
नेपालका लागि आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, करण केसी र पवन सराफले १-१ विकेट लिंदा सन्दीप लामिछाने र र सोमपाल कामीले समान २-२ विकेट हात पारे। नेपाल केहि समयपछि जवाफि ब्याटिङका लागि मैदानमा उत्रिने छ।
जवाफमा नेपालले २० ओभरमा १ विकेट गुमाएर ९२ रन बनाएको छ । नेपालका आशिफ शेख २ रन बनाएर आउट भए । उनले ८ बल खेलेका थिए । अहिले ओपनर कुशन भुर्तेल र आरिफ शेखले ब्याटिङ गरिरहेका छन् ।
प्रतिक्रिया