मंगलबार, जेठ ८, २०८१

चौबीस घण्टामा थपिए ४४ संक्रमित, ४८१ जना डिस्चार्ज

नेपालखोज २०७८ चैत ८ गते १६:३२

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ४ हजार ४९५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३५ जनामा र २ हजार ९९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ जनामा गरि कुल ४४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल २ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ४८१ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६३ हजार ५९२ पुगेको छ । कोरोना निको हुने दर नेपालमा ९८ दशमलव ५ प्रतिशत पुगेको छ ।

गत चौबीस घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ९५१ पुगेको छ । गत चौबीस घण्टामा देशभरबाट थप ७३ हजार ६४२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।


प्रतिक्रिया