आइतबार, वैशाख २८, २०८२

साफ यू–१८ महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशको सामना गर्दै

नेपालखोज २०७८ चैत ९ गते ९:३३

काठमाडौं । भारतमा जारी १८ बर्ष मुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशको सामना गर्दैछ ।

भारतको जमसेदपुरमा आयोजना हुने खेल बेलुकी सवा ७ बजे सुरु हुनेछ । बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार बंगालदेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।

च्याम्पियनसिपको पहिलो भेटमा नेपाल बंगलादेशसँग ४–२ गोल अन्तरले पराजित भएको थियो । नेपालले उक्त हारको बदला लिन चाहेकै बेला बंगलादेश भने जितलाई कायम राख्ने दाउमा छ । तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन ।

३ खेलमा अंक विहीन नेपाल पुछारमा रहेको छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया