सोमबार, वैशाख २९, २०८२

इलाममा दुई हजार किलो छुर्पी बरामद

नेपालखोज २०७८ चैत ९ गते १०:३५

काठमाडौं । इलाममा अवैध रूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा ) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलस स्थित मेची राजमार्ग बाट १९ लाख रुपैयाँ बराबरको छुर्पी बरामद गरिएको हो।

प्रदेश १–०१–००१ च ९२१९ नम्बरको बोलेरो जिप बाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । मंगलबार प्रहरी चौकी किटेनीको टोलीले झापा बाट इलामतर्फ जाँदै गरेको उक्त जिपमा जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो।

जिप चालक इलामको सूर्योदय नगरपालिका–२ का निमा तामाङलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया