११ सयले घट्यो सुनको मूल्य
नेपालखोज
२०७८ चैत ९ गते ११:११

काठमाडौं । साताको चौथो दिन आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार १ लाख ३ सय रुपैयाँमा कारोबार भएको सुन आज ११ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया