आइतबार, जेठ ६, २०८१

अर्नाले राष्ट्रिय क्रिकेटरलाई बाँड्यो झण्डै ४२ लाख, प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई विशेष सम्मान दिने तयारी

नेपालखोज २०८० कार्तिक २१ गते १३:३०

काठमाडौं । अर्ना वियरले हालै टी-२० विश्वकपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्यहरूलाई पूर्वघोषणा अनुसार नगद पुरस्कार वितरण गरेको छ ।

हिजो आयोजित एक समारोहमा अर्नाले कुल ४१ लाख ७६ हजार रुपैयाँ पुरस्कार हस्तान्तरण गरेको हो ।

वितरित पुरस्कारमध्ये १८ लाख ७७ हजार रूपैयाँको चेक क्रिकेट टीमका लागि कप्तान रोहित पौडेललाई हस्तान्तरण गरियो ।

यो रकम छनोट प्रतियोगिताका लागि घोषित राष्ट्रिय टीमका १५ सदस्यसहित २१ जनाले दामासाहीले पाउनेछन् । यसअनुसार सबैको भागमा करिब ९० हजार रूपैयाँ पर्ने भएको छ ।

प्रतिक्रिया