सुनचाँदीकै भाउ घट्यो, कतिमा हुँदै छ कारोबार ?
नेपालखोज
२०७८ चैत ९ गते ११:१६

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला हजार १ हजार १ सय रूपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (मंगलबार) १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मुल्य पनि १ हजार १ सय रूपैयाँ नै घटेको छ । आज तेजाबी सुन ९८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य २५ रूपैयाँले घटेको छ । आज चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ९५ रूपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया