प्रधानमन्त्री देउवा तनहुँ जाने

नेपालखोज २०७८ चैत ९ गते ११:३९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार (भोलि) तनहुँ जाने भएका छन् । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन तनहुँ जान लागेका हुन् । प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षणपश्चात् प्रधानमन्त्री देउवाले निर्देशन दिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवा नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुनको लागि तनहुँ जान लागेका हुन् । उनले तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा सुरु हुने आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

गाउँपालिकाले तीन करोड ५० लाख रुपैयाँको लागतमा प्रशासकीय भवन निर्माण गरेको हो । उक्त भवनको उद्घाटन सकेर प्रधानमन्त्री देउवा काठमाडौँ फर्किने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया