शनिबार, असोज २६, २०८१

सेन्ट्रल फाइनान्सको पाँच प्रतिशत नगद लाभांश पारित

नेपालखोज २०७९ माघ १ गते १६:३३

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको २६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई पाँच प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । उक्त साधारण सभाले संजोज मान श्रेष्ठ, चैत्यराज शाक्य, चण्डिका श्रेष्ठ, डा. किशोर हाकुदुवाल, विद्या भूषण ध्वज जोशी र प्रनेश बाटीलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको यस संस्थाको ललितपुरको कुपण्डोल कानदेवस्थानमा आफ्नै नवनिर्मित केन्द्रीय कार्यालय तथा काठमाडौं शाखा सहित काठमाण्डौको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल र भैरहवा, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको ईटहरी, झापाको बिर्तामोड, पर्साको वीरगञ्ज गरी १७ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ । संस्थाले कारोबार विस्तारको क्रममा छिट्टै नै मोरङ्गको विराटनगर र रौतहटको चन्द्रपुरमा थप दुई नयां शाखा सञ्चालनमा ल्याउन लागेको छ ।

संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ एप, एटीएम डेबिट कार्ड, चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, आरटिजिएस, मर्चेन्ट क्यु आर पेमेन्ट, क्यु आर टेलर, रेमिट्यान्स सेवा, सी-आास्वा जस्ता आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिङ सेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको छ । ग्राहकहरुको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुंचको व्यवस्था पनि मिलाएको संस्थाले विभिन्न शाखा कार्यालयहरुमा एटीएम सेवा पनि सञ्चालनमा रहेको छ ।

चुक्ता पूंजी ९४ करोड ८८ लाख ७५ हजार रहेको संस्थाको हाल निक्षेप ६ अर्ब २९ करोड र कर्जा पाँच अर्ब १६ करोड रहेको छ ।

प्रतिक्रिया