सोमबार, वैशाख १७, २०८१

अरुलाई पौवा सम्झेर तपाईं कौवाभन्दा पनि तल…

नेपालखोज २०७८ चैत ९ गते १५:०३

कौवाले कान लग्यो भनेर आफ्नो कान नछामी कौवाको पछाडि दौडनु गलत हो ।
यो भनाइ 100% सही रहेछ ।
तेस्तै कसैलाई नजिकबाट नचिनी, नबुझी उसकोबारे राय बनाउनु, टिप्पणी गर्नु पनि गलत हो ।
करिश्मा मानन्धर

यहाँ कुन पार्टीमा गयो भने चाहिँ दूधले धोएको सफा छ त ??? आफ्नो आफ्नो ब्यक्तिगत बिचार हो कुन पार्टी लाग्ने भन्या, यहाँ अरु पार्टीका झोले कार्यकर्ताले रोइलो गर्नु आवश्यक छैन, किन करिश्माजी तिमीहरु को पार्टीमा आउनु भएन भनेर रोइलो हो ???
आशिका तामाङ

कलाकार राजनीतिमा आएको ठीक हो तर फिल्ममा जस्तै बाहिर हाउगुजी तर भित्री कुरा केही नबुझी दलाल पार्टीमा हाम फाल्नुचाहिँ गलत हो ।
अनिष तामाङ

खड्क ओली राजनीतिक बेइमान र फटाहा नेता हो। जो कम्युनिष्ट आन्दोलन कै कलंक हो । आज प्रचण्ड संग गरेको सम्झौता पालना गरेको भए न दुईतिहाइको सरकार ढल्थ्यो न देशकै ठूलो पार्टी नेकपा टुक्रा टुक्रा हुन्थ्यो न देश नै डामाडोल हुन्थो ।
हरिश

तपाईं आफैंमा चिरपरिचित ब्याक्ति एउटा पाटि प्रवेसले स्थान त देला तर तपाईलाई हिजो जस्तो दृष्टिकोणले हेर्नेहरुको आँखा परिवर्तन हुनसक्छ । कलाकार सवैको साझा मान्छे हो त्यो साझाकरण गर्न सक्नुपर्थ्यो । गोप्य मतदान तपाईको अधिकार भित्रको विषय थियो । त्यसलाई बाहिर ल्याउनु आजको आवश्यकता थिएन ।
हिमा चेम्जोङ

दिदि को हिजो को सम्बोधन हेरेपछि को हाम्रो विश्लेषण :
हिरोको बाउलाई गुन्डाले मारिदिने,पछि हिरो ठुलो भएर शहर पुग्ने र एउटा केटि सगं लप पर्ने केटिको बाउ चाहि हिरोको बाउलाई मार्ने गुन्डा हुने । हिरो र हिरोईन खोलाको छेउमा, गोदावरी तिर २/३ वटा गितमा नाच्ने । हिरोनिको बाउलाई थाहा हुने र केटालाई मार्न लगाउने ।अन्तिममा हिरोको आमालाई र बैनिलाई किन्डयाप गरेरे चोभारको डाडामा डोरिले बाधेर राख्ने हिरो आएर बचाउने अनि गुन्डालाई मार्न लाग्दा पुलिसको गाडिको साईरन बज्ने र गुन्डा जेल चलान हुने । हिरो हिरोनि अंगालो हाल्ने अनि फ़िल्म सक्कीने कहानि भन्दा राम्रो लाग्यो यो बोलाइ।अनि आफ्नो कान राम्रो सँग छाम्नु भयो कि नाई त ।
रमेश खनाल

यदि तपाईं विकासप्रेमी हो भने बाबुराम भट्टराईलाई छोड्नु नपर्ने हो ,,, ।
फुलारा

कतै हजुरको प्रवेशले एमाले सुधरीने पो होकि?
डम्बर कार्की

एमाले प्रबेश गरेर देशको काया पलट हुन्छ भन्ने आशा त ०.१ % पनि छैन। तपाईं पनि केपि ओलिको औंलामा नच्ने कतपुतली बन्ने पक्का हो।यसो दया गरेर सानो तिने पद चाहिँ पाउली तिमले अरु तेस्तै हो मेडम जि ।
रमेश पण्डित

जब हात्ती गाऊँघर तिर निस्कन्छ तब कुकुरहरु भुक्छन तर तिनको भूकाइले हात्तीले आफ्नो गनतब्य बदल्दैन र तिनको पछि लागेर समय नास पनि गरदैन । राजनीति र नेतृत्व कलामा यो भनाईको अत्याधिक ख्याल राख्नु पर्छ ।
योगेश काम्बाङ

कलाकारहरु राजनीतिमा आउनु राम्रो हो, यौटा कलाकारबाट धेरै आशा गर्न सकिन्छ । तर, गुन्डा र भ्रष्टाचारिका बा केपिको पार्टीमा जानू भनेको सिर्फ स्वार्थ बाहेक अरु केही होइन । महानायिकाको प्रतिस्पर्धामा तपाइले रेखालाइ पछाडे पनि राजनीति फिल्डमा तपाई रेखासित हारिसक्नु भो। बिश्व बाट विलय भैसकेको कम्युनिस्टलाई काँध थाप्दै हुनुहुन्छ शाहस गरेकै हो ।
वीरेन्द्र शाही

राजनीतिमा लाग्नु राम्रो हो तर कुनै क्षेत्रमा सफलता प्राप्त गरिसकेको व्यक्ति राजनीतिमा हाम फाल्दा लोकप्रियता घट्दो रहेछ। तपाईँको राजनीति स्वार्थमुखी नबनोस्! जुनसुकै पार्टीमा भएता पनि सधैँ सत्यको पक्षमा बोल्नुहोला! जनताका आवश्यकता बुझेर काम गर्नुहोला!
रविन ढकाल

धेरै नहसाउ है मैचा ।
लुङटोरिबुङ रोदुङवा

करिश्मा मानन्धर- बाबुरामको “नयाँ शक्ति” मा प्रवेश गरिन नयाँ शक्ति सकियो, मुन्द्रेको “कमेडि क्लब” मा प्रवेश गरिन कमेडि कल्ब बन्द भो, आज फेरि केपिको “एमाले” मा प्रवेश गरिछन्, यो पनि पक्कै शुभ सङ्केत हैन है !!
शेरु थापा

मुद्रेको कमेडी क्लबबाट अब केपी कमेडी क्लबमा जानू भएकोमा हार्दिक बधाई ।
रङग्युल दोर्जे लामा

हावाकै तालमा उखान जतिसुकै सुने पनि सुनिराखौं भन्दै न कुनै योजना न भिजन तेत्तिकै राजनीतिमा त्योपनि उखान सुन्नेकै लागि लाग्नुभएकोमा अहिलेकै अबस्थामा केही उपलब्धि हुन्छ भनेर अपेक्षा गर्न सम्मान गर्न सकिन्न ।
क्षेत्री कञ्चन

हैन ए दिदी कलाकार भएर लाखौ नेपाली जनताको माया पाउनु भएको मान्छे ठिक तेस्को उल्टो गर्नु भो राजनीतिमा के छ ? भोलि तपाईंको पनि अलि राजनीति चलखेल अलि बढे पछि नेपाल क दलाल नेता जस्तै बन्नु हुन्छ अहिके सम्म पाएको मया त गुमाउनु नै हुन्छ त्यो भन्दा बधी तपाईं लाई गाली आउँछ लाखौ को माया राम्रो कि गाली ?
आर्यन राज

No description available.

फिल्मीलाइनको जस्तै बहुसंख्यक दर्शकको एकमुष्ठ माया ममता र सदभाबको अपेक्षा राजनितीमा प्रबेश गरिसक्दा पनि गर्नु शान्दर्भिक नहोला,किनकी राजनिती सरल बिषय होईन यहाँ ताली भन्दा गाली बढी मिल्छ !!!!
सुशीलराज न्यौपाने

बरु म्यादी प्रहरिमा भर्ती भएको भए जनताको अझ उच्च सम्मान पाउनु हुने थियो ! काका को पछि लागेर भएको माया पनि गुमाउनु भयो ।
बनु राउत

फिल्ममा अगं प्रदर्शन गरेर दर्शक ताने जस्तो हुदैन बुढी माऊ राजनितीमा ,बाऊको ईच्छा विपरीत र टेडो मेडो भको भेट्ने वितिकै रक्षानमै होनि विचार पुराऊनु होला ।
श्रीराम रिजाल

कमरेड करिश्मा लाल सलाम ।
निरोज रोकाया

हामीले तपाईलाई कला माया दियौँ । तपाईले हामिलाई दलिय अहंकार दिनुभो ।
सुसुवेन सन्जय तुम्बाहाम्फे

अब तपाईंले तालि भन्दा गाली धेरै पाउनु हुने छ। हार्दिक बधाई ।
खत्री सन्तोष

तिमी कहिले सम्म कुरै नबुझी हावाको तालमा पार्टी प्रबेस गर्दै हिंड्छेउ ?
हरि कार्की

तपाइको ट्यालेन्ट को सम्मान गर्दै,,, बाँकी जीवन एमालेभित्र सुखमय रहोस् शुभकामना र बधाई छ,,, एउटा अनुरोध अर्को वर्ष अर्को अर्को पार्टीमा नजानु होला ।
प्रेम पोखरेल

जनता हसाउन चै नछोड्ने भइन यी आन्टीले पनि ।
अनिल पोर्तेल

एउटा कलाकार अर्को हास्यब्यङ्ग कलाकार ओलिजिको पार्टिमा जानू भएछ बधाई छ ।
विजय खत्री

धेरै ठूलो गल्ती गर्नु भो एमाले प्रवेश गरेर ।
जितेन क्षेत्री

दिदी कि आफूले लिड गरेको भए हुन्थो ।असफल मान्छेको पछि लागेर पटक-पटक असफल हुनुभन्दा कला क्षेत्रमै बसिरहनुभएको भए राम्रो हुन्थो ।
नवराज दाहाल

अरुलाई पौवा सम्झेर तपाईं कौवाभन्दा पनि तल की हुनुभयो कि क्या हो ?
अबको जनता अनि युवापुस्तालाई त्यत्ति फाल्तु पनि नसोच्नुस दिज्यु ।
हिक्मत भट्ट

सुन्दरी करिष्मालाई हिजो डा. बाबुराम राम्रो लाग्यो, आज ओली राम्रो लागेछ, भोलि शेरबहादुर देउपा रामो लाग्ने छ, पर्सि प्रचण्ड राम्रो लाग्ने छ, त्यसको भोलि पल्ट राजेन्द्र लिङ्देल राम्रो लाग्नेछ, तेसको अर्को दिन कमल थापा राम्रो लाग्ने छ यसरी अवसर खोज्दै हिड्नेले कहिले राजनीति बुझ्ने हो, कहिले जनता र देशको सेवा गर्ने हो, राजनीति गर्न पनि कुनै राजनिति पार्टीमा योगदान गरेको हुनु पर्छ, कलाकार क्षेत्रमा सफल भए भन्दैमा राजनीतिमा पनि सफल हुन्छु बन्ने सोच राख्नु भनेको उहि कागले कान लग्यो भन्दै कान नछामि कागको पछि लाग्नु जस्तै हो, राजनीतिमा कुनै योगदान, ज्ञान, दर्शन, भिजन, मिसन नभएका मुन्छेले पनि के को धेरै कुरा गर्नु पर्यो, बरु चलचित्रमा आमाको भुमिका निभाउनु नै राम्रो होला है……!!!
शेखर सुनार

कौवा बाको चांगमुनि तपाईंको हैसियत पनि रामरी देखियो हजुर , कमेडियन काईते बाको गफ सुन्दै हाँस्दै बस ।
बि राई

सञ्जालतिर भेटेको यसो भन्छन् त दिदी कुरो के हो ?
करिश्मा मानन्धर- बाबुरामको “नयाँ शक्ति” मा प्रवेश गरिन नयाँ शक्ति सकियो, मुन्द्रेको “कमेडि क्लब” मा प्रवेश गरिन कमेडि कल्ब बन्द भो, आज फेरि केपिको “एमाले” मा प्रवेश गरिछन्, यो पनि पक्कै शुभ सङ्केत हैन है !!
यमनसिंह दर्लामी

जुन जनमानसमा तपाईं प्रति सम्मान थियो, त्यो अब रहेन! यदि राजनीति नै रोज्नु थियो भने , बैकल्पिक नयाँ शक्ति बनाउन सक्नु पर्थ्यो !
र्ह्यारी पाण्डे
मुन्द्रेको कमेडी क्लब बन्द भएर ओलिको कमेडि क्लबमा जानू भएको हो अरु कुनै कारण छैन भन्ने कुरा बजारमा आको छ त । बधाई छ मुन्द्रेले भन्दा केपिले बढी हसाउँछ।
श्रवण खत्री

तपाईं जस्तो महान कलाकार कुनै पाटीमा जानू गलत जस्तो लाग्छ मेम। तपाईं अल नेपाली कि साझा कलाकार हो अब तपाईंको कलाकारिता र हामी दर्शक बिभाजन हुने पक्का हो मेम ।
रोशन कनवर

अस्तिसम्म तपाईं जनताको साझा हुनुहुन्थ्यो । तर हिजोबाट तपाई मात्र एमालेको बन्नु भो’ दिदी …! त्यो पनि ओलीको गुणगान चाहि तपाईले १०० मा १००० आउने गरि गर्नु भो’ । मलाई पो लाज लाग्यो दि ज्यु …! तपाईको राजनिति लाजनितिमा परिवर्तन हुने भो’ ।
किङसोन जिरेल

कुवामा कति पानी छ भनी थाह नभै कुवा मा हाम्फाल्दा डुबिन्छ भन्ने अलिकती पनि होस भएन ? यसरी मधहोसमा केपिको भाषणकै भरमा हाम्फाल्दा भोलिको लाभ के?आज आफैले गर्दा आलोचना भयो भनेर हिजो यत्रो नाम दिने दर्शकलाइ गाली गर्न अलिकती पनि लाज लाग्दैन ? भाड्मे गए तिम्रा राजनिती ।
सुजन तिम्सिना

देशा भएभरका पार्टि चाहारेर प्राप्त ज्ञान भनेछाै बुइनि लाै गरि खाउ ।।।
ध्रुवविक्रम राई

कलाकार भएर कमाएको इज्जत राजनीतिमा लागेर स्वाहा पार्यौं
माधव सिग्देल

अब १/२ वर्षयता चाख्नुस् फेरि अर्कोतिर उछिट्टिनुस् शुभकामना । केही आश छैन, सबै अवसरवादी हुन् । आफ्नो यो निर्णय गलत हो भन्ने तपाईंको अन्तरमनलाई नै थाहा होला, बाहिर किन ठिक्क ?
शैलेन्द्र भट्टराई

अरु त्यस्तैं हो आन्टी बाबुराम भट्टराईलाई जस्तै पुक्क लातले हानेर नहिँड्नु हाम्रो बालाई ।
नवीन गिरी

गौरवशाली पार्टी एमालेले अहिले एकजना अस्लिल , अबिबेकी, असहिष्णु, परपिडक( Sadist ) र मनोबिकारी नेताको बुहार्तन बेहोरिरहेको छ।
पैसाको लागि अन्तर्बस्त्र र अङ्ग प्रदर्शन गरेर अस्लिलता, अराजकता फैलाउन मदत गर्ने करिश्मा मानन्धर …हरुलाइ भित्र्याउने गतिबिधिले एउटा कुरा चै प्रष्ट पार्छ अब “एमाले” जनताको पार्टी रहेन बरु हल्लुड, स्वाड, झल्लु, चाकरीबाजहरुको जमात हुने भयो!! एमालेको उद्धार गर एमालेजन हो !!
दानिल श्रीपाली

शिक्षित डा. बाबुराम भट्टराईको पछी लाग्दा स्कुल जानु पर्दोरैछ भन्ने ज्ञान् करिस्माले पाइन अब ८ फेल ओलिको पछि लाग्दा के ज्ञान् पाउने हुन कुन्नि?
जेबी अधिकारी

फोहोर को डङ्गुरमा पस्नु भएकोमा सुभकामना ।
सुकराज लिम्बू

करिस्मा दीदीको घरमा सिलिंडर ग्यास छ होला की ग्यासको पाइप ?
कमल श्रेष्ठ

केपी बुढाले राति मिस्कल सार्वजनिक गरेको केहि महिनामै एमाले प्रवेश कलाकारितामा कमाएको इज्जत अब गैल भैस पानीमे , बधाई छ काम्रेड ज्यु ।
नेत्रराम कुमाल

जे भएनी पद चाहीँ चाहियो भन्नू है ।
आकाश एक्लो यात्री

हिजो बाबुराम भट्टराई भिजनरी लाग्यो नयाँ शक्ति तिर दौडनु भयो भाउजू ।
नयाँ शक्तिको अपार असफलता पछि
आज ओली गफ सुनेर थकाई नलाग्ने भए पछि, खिया लागेको पुरानो शक्ति तिरै फर्किनु भयो । शिव नारायण चौधरि
तपाईं लाई एमालेको सिद्दान्त राम्रो लागेर होईन रहेछ खाली पार्टि अध्यक्षज्यू मन परेर रहेछ आखिर करिष्माजी पनि कलाकार नै पर्नु भयो ।
अमिर ढुंगाना

यिनले कोमल वलिको बाटो मात्रै समाएकी हुन्। ओलिको तारिफ गरेपछी समानुपातिकबाट सांसद पद पाईएला भन्ने सोचेरै एमाले प्रबेश गरेकि हुन्।
दीपक ढकाल

तपाईंको सुन्दरता देखेर मलाई ताज्जुब लाग्छ ,
अचम्म लाग्छ – ब्युटि विथ नो ब्रेन।
र. सुब्बा

गर्दै – भन्दै जाँदा देसको एकताकाकि चर्चित नाईकालाई पनि छिछि दुर दुर गर्ने दिन आयो हैन त ???
दिपेश राई

प्रतिक्रिया