चीन विमान दुर्घटना : वर्षाका कारण खोजी र उद्धारमा समस्या
नेपालखोज
२०७८ चैत ९ गते १५:००

काठमाडौं । चीनमा दुई दिनअघि दुर्घटनामा परेको यात्रुवाहक विमानको भग्नावशेष फेला परेको क्षेत्रमा ठूलो वर्षा भएपछि पहिरो जाने जोखिमका कारण खोजी तथा उद्धार कार्यमा अवरुद्ध भएको छ । सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार दुर्घटनास्थल भएको क्षेत्रको जमिनमा माटोले धेरै पानी सोसेकाले उद्धारकार्य अनिश्चित बनेको छ ।
दक्षिण चीनको पहाडी भेगमा सोमवार चाइना ईस्टर्नको १३२ मानिस सवार एमयू ५७३५ विमान दुर्घटनामा परेको थियो । उद्धारकर्मीले अहिलेसम्म कसैलाई पनि जीवित फेला पार्न सकेको छैन् । अनुसन्धानकर्ताहरूले उक्त विमान किन अकस्मात् आकाशबाट खस्यो भन्ने पत्ता लगाउन सकेका छैनन् । दुर्घटनाका कारण चीनमा शोक फैलिएको छ । यात्रु र चालकदलका सदस्यका आफन्तहरू समाचारको प्रतीक्षामा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया