मन्त्री झाँक्रीबाट ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण

नेपालखोज २०७८ चैत ९ गते १५:१२

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आज बुधबार आयोजित एक समारोहबीच महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गरेकी छन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले एक कार्यक्रमको आयोजना गरि माननीय शहरी विकास मन्त्री झाँक्रीले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई २० वटा ह्वी ल लक तथा ८८ वटा म्याजिक लाईट हस्तान्तरण गरेकी हुुन् ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले बढ्दो सवारी साधनसँगसँगै भईरहेको सवारी चाप व्यवस्थापन गर्न तथा सडक फुटपाथका अनाधिकृत पार्किङलाई निरूत्साहित एवं नियन्त्रण गर्नका लागि पहिलो चरणमा ट्राफिक व्यवस्थापनका उपकरणहरू सहयोगस्वरुप उपलब्ध गराइएको बताइन् ।

उनले ट्राफिक प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै उक्त उपकरणहरूको समुचित प्रयोग हुने अपेक्षासमेत ब्यक्त गरिन् ।

कार्यक्रममा महाशाखाका प्रमुख एसएसपी जोशीले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने ट्राफिक फर्निचर एवम् अन्य उपकरणहरु प्राप्तिमा शहरी विकास मन्त्रालय तथा बिकास प्राधिकरणले गरेको पहल एवं अग्रसरतालाई हृदयदेखी नै धन्यबाद तथा आभार व्यक्त गरे ।

उनले हस्तान्तरण भएका उक्त उपकरणहरुले ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण भुमिका खेल्नुका साथै अधिकतम उपयोग गरि ट्राफिक व्यवस्थापनलाई थप चुस्त एवं प्रभावकारी बनाउने विश्वास पनि दिलाए ।

काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा धन्यवाद ज्ञापन गरेकी थिइन् भने प्राधिकरणका नायव विकास आयुक्त नारायण प्रसाद भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया