सातै प्रदेश अध्यक्षको एक स्वर- एमाले पहिलो शक्ति बन्छ

नेपालखोज २०७८ चैत ९ गते १५:१९

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको जारी बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ सकिएको छ ।

प्रदेश अध्यक्षहरू क्रमश : रामअवतार यादव, केशव पाण्डे, नवराज शर्मा, राधाकृष्ण कँडेल, विनोदकुमार शाह र दामोदर भण्डारी तुल्सी न्यौपानले बैठकमा स्थानीय निर्वाचन केन्द्रित रिपोर्टिङ गरेको एमाले प्रचार विभागले जनाएको छ । उनीहरुले आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने बैठकमा रिपोर्टिङ सुनाएका थिए ।

बैठकमा प्रदेश अध्यक्षहरुले पार्टीमा तीब्र जनआकर्षण बढेको, आधारभूत तहदेखि कै कमिटीहरु चलायमान भएको र फुटको असर अत्यन्त न्यून रहेको रिपोर्टिङ गरे । बैठकमा गठबन्धन हुँदा र नहुँदाको चुनावी परिणामबारे समेत छलफल भएको थियो ।

एमाले पहिलो शक्ति बन्ने आधार कायमै रहेको उनीहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया