मंगलबार, जेठ ८, २०८१

चौबीस घण्टामा ३८ जनामा कोरोना, २६९ जना डिस्चार्ज

नेपालखोज २०७८ चैत ९ गते १६:३२

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार ८५५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३४ जनामा र १ हजार ५२१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा गरि कुल ३८ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल २ हजार ४५३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप २६९ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६३ हजार ८६१ पुगेको छ । कोरोना निको हुने दर नेपालमा ९८ दशमलव ५ प्रतिशत पुगेको छ ।

गत चौबीस घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सुन्य रहेको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ९५१ पुगेको छ । गत चौबीस घण्टामा देशभरबाट थप ९७ हजार ३०६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया