शुक्रबार, असार २०, २०८२

एमालेले टोलका नेतादेखि केन्द्रीय नेतालाई स्थानीय चुनावमा जिम्मेवारी तोक्यो

नेपालखोज २०७८ चैत ९ गते १६:५३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावका लागि पार्टीका वडादेखि केन्द्रसम्मका नेताहरुलाई एकतह मुनिको भूगोलमा खटिन निर्देशन दिएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले को कहाँ खटिने तोक्नुभएको हो ।

भूगोलबाहेक गैर भौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्यहरु आफू सम्बद्ध जिल्लाको निर्वाचनमा केन्द्रित हुनुपर्ने छ त्यस्तै प्रदेश कमिटीका सबै सदस्यहरु आफू जुन जिल्लाको जुन पालिकाको मतदाता हो सोही पालिकामा गएर खटिनुपर्नेछ भने जिल्ला कमिटीका सदिस्यहरु आफ्नो वडामा गएर खटिनुपर्नेछ । वडा कमिटीका सबै सदस्यहरु आफू रहेको टोलमा खटिनुपर्नेछ भने टोल कमिटीका सदस्यहरु घरधुरी बाँडेर निर्वाचन तयारीको काममा केन्द्रित हुनुपर्ने ओलीले जनाएका छन् ।

विदेशमा रहेका मतदाता तथा समर्थकलाई स्वदेश फर्किन आह्वान गर्ने र सम्पर्क मन्चहरुमा आबद्ध नेता कार्यकर्ता आ आफ्नो पालिकामा फर्केर निर्वाचनमा केन्द्रित हुनेछन् । निर्वाचन परिचालनका लागि पालिका र वडास्तरमा तत्काल निर्वाचन परिचालन तथा प्रचार कार्यालय स्थापना गर्न ओलीले निर्देशन दिएका छन् ।

कुन सदस्य कहाँ ?

केन्द्रीय कमिटी सदस्य : जिल्लामा

प्रदेश कमिटी सदस्य : पालिकामा

जिल्ला कमिटी सदस्य : वडामा

वडा कमिटी सदस्य : टोल टोलमा

टोल कमिटी सदस्य : घर धुरीहरुमा

सम्पर्क मञ्च सदस्य : पालिकामा

प्रतिक्रिया