बिहीबार, जेठ ३, २०८१

ॐ नमो भगवते क्रोध भैरवाय

ओम आचार्य २०७८ चैत १० गते ९:०९

के मानिसभन्दा ज्यादा आध्यात्मिक ग्रन्थ मूल्यवान् हो ? के मानिसभन्दा मानिसको पूजा स्थल जीवन्त हो ? के मानिसभन्दा ज्यादा तथाकथित राजनीतिक सिद्धन्त लोकतन्त्र फौजी शासन, कम्युनिस्टवाद, समाजवाद नास्तिकता, आस्तिकता, विज्ञानवाद, ज्ञानवाद, तर्कवाद इत्यादि मूल्यवान् हुन् ?मानिसभन्दा मूल्यवान् त राष्ट्रवाद पनि होइन सम्प्रदायवाद पनि होइन जातपात पनि होइन, समुदायवाद पनि होइन । मानिसभन्दा मूल्यवान् देवी-देवता पनि होइनन्, अप्सरा पनि होइनन्, प्रेमी पनि होइन, प्रेमिका पनि होइनन् । यक्ष गन्धर्व किन्नर नाग यक्षिणी भूत-प्रेत पिशाच बेताल इत्यादि पनी मानिसभन्दा मूल्यवान् होइनन् । मानिसहरु यिनीहरुभन्दा कदापि सस्तो होइन । मानिस सर्वोपरि हुन् । उनीहरुको प्राण सर्वोपरि हो उनीहरुको जीवन सर्वोपरि हो ।

कुनै पनि सम्बन्ध, परम्परा, कुनै पनि प्रकारको प्रतिस्पर्धा, फोस्रो सान, कुनै पनि प्रकारको युद्ध, कुनै पनि प्रकारको प्रेम मानिसभन्दा कदापि माथि हुँदैन ।

सर्वोपरी मानिस नै हो । उसको मुल्यलाइ कम गर्ने , मुल्यलाइ होच्याउने र उनिहरुको जीवनको सत्रुहरुको जंजालवाट मुक्ति दिन्छन श्री क्रोध भैरवले । जव मानिसले मानिसको आफ्नो चतुर्याइवाट अन्यको अपेक्षा न्यूनतम घोषित गर्ने कोशिस गर्छ तब तब श्री क्रोध राज भैरवले ति सवैलाइ लात्तले हिर्काएर आफ्नो हातको वज्रवाट दण्ड दिदै त्यसको अस्तित्व नै नस्ट गर्छन ।

यो कलियुगमा जसले क्रोधराज भैरव को उपासना गर्छ उनीहरुको अगाडि ब्रह्मा, विष्णु महाकाल, इन्द्र, देवगण, यक्ष, किन्नर, कुवेर, गन्धर्व, नाग कन्याहरु, अप्सराहरु समस्त नवग्रह समस्त तत्त्व हात जोडेर बिन्ती गर्दै श्री क्रोधराज भैरवको साधकको प्रत्येक मनोकामनालाई पूर्ण गर्न तत्क्षण तयार रहन्छन्/रहन्छिन् ।

-साधना सिद्धि विज्ञानको नेपाली रुपान्तर

प्रतिक्रिया