शुक्रबार, जेठ ४, २०८१

ढाड कम्मर दुख्दा गर्नुपर्ने उर्ध्वमुखश्वानासन

डा. हेमराज कोइराला २०७८ चैत १० गते १९:३९

जीवनको कनै न कुनै कालखण्डमा ढाड-कम्मर दुख्ने समस्याले तपाई हामी जो कोही पनि ग्रसित भएको हुनुपर्दछ । ढाड-कम्मर दुख्ने समस्या आमसमस्या भए यसको कारण अनेक हुन सक्छन् । ती कारणहरू मध्ये केही सामान्य एवं आम कारणहरू छन भने केही कारणहरू एदाकदा देखा पर्ने एवं विरलै घटित हुने कारणहरू छन्। आम कारणहरूमा मांशपेशीहरूको जकडन, इन्टर-भर्टेब्रल-डिक्सको चोटपटक, बल्ज, ढाडको हड्डी खिइने रोग, नसा च्यापिने रोग, साइटिका, स्पाइनल क्यानल साँघुरिने रोग, अष्टियो पोरोसिस, ढाड बांगिनेजस्ता रोगहरू पर्छन् । भने विरल कारणहरूमा ढाडको संक्रमण, कम्मरको हड्डिको टि.बी. एङ्ककोलाईजिङ्ग स्पोन्डाईलाईटिस, क्यानसर आदि पर्दछन । ढाड-कम्मर दुख्ने समस्याको धेरैजस्तो अवस्थामा योग चिकित्साको विशेष भूमिका हुन्छ । त्यसमा पनि निम्मलिखित योग आसनहरूको अभ्यासले ढाड कम्मरको दुखाईबाट छुटकारा पाउन विशेष महत्व छ।

उर्ध्वमुखश्वानासन :
उध्र्व भनेको माथि, मुख भनेको मुख र श्वान भनेको कुकुर हो । कुकुरले जिउ तन्काउदा माथि पट्टी हेरेर तन्काए जस्तो स्थिति भएकाले यसलाई उध्र्वमुख श्वानासन भनिएको हो ।

उर्ध्वमुखश्वानासन श्वानासन गर्ने विधि :
क) यो आसन घोप्टो सुतेर गर्ने आसन भएकाले यसको अभ्यासको लागि भुइमा घोप्टो परेर सुत्नु पर्दछ ।
ख) यसर्थ योगा-म्याटलाई भुइमा विच्छ्याएर त्यसमाथि घोप्टो परेर सुत्नुहोस् ।
ग) अब दुवै गोडालाइ आपसमा जोड्नुहोस र हातहरुलाई शरीर सँग टाँसेर निधारलाई भुइमा टिकाउनु होस् ।
घ) खुट्टाको पञ्जाले टेक्दै कुर्कुच्चालाई आपसमा जोड्नुहोस ।
ङ) अब दुवै हातलाई नाभीको आसपास राखेर श्वासलिदै पहिले टाउको अनि गर्दन त्यस पछि छाति र अन्तत्व गत्व हिपलाई समेत उठाउनुहोस् ।
च) अन्तिम अवस्थामा केवल हातको हत्केला र खुट्टाको पञ्जाले मात्र जमिन छोएको हुनु पर्दछ । शरीरको बाँकी भाग जमिन भन्दा माथि उठेको हुनु पर्दछ ।
छ) अन्तिम अवस्थामा सामान्य श्वासको स्थितिमा रहनुहोला । आसन फुकाउदा लगाउदाको क्रम मै फुकाउनु होला ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया