शुक्रबार, जेठ ४, २०८१

कुन राशिका युवतीका सासू कस्ती ?

नेपालखोज २०७८ चैत १० गते ८:०३

मेष : सासू तेज स्वभावकि हुन्छिन् । मेष राशिका युवतीकी सासूको कडा स्वभावका कारण घरमा शान्त वातावरण रहन गार्हो हुन्छ । यो राशिका युवतीहरुको सासूसँगको सम्बन्ध खासै राम्रो हुँदैन ।

वृष : सासूसँगको सम्बन्धमा उतार-चढाव देखापर्छ । यो राशि हुनेहरुले सासूबाट कहिले माया त कहिले दुख पाउनेछन् । वृष राशि हुनेहरुको सासूसँगको तालमेल मध्यम रहन्छ ।

मिथुन : आफू अनुरुपको सासू पाइनेछ । यो राशिको सासूसँगको सम्बन्ध सन्तुलित रहन्छ । सासू-बुहारीमा राम्रो ताल-मेल बिकसित भए पनि विचारधारामा भने खासै मेल नहुन सक्छ ।

कर्कट : सासूसँग प्रतिष्पर्धा हुनेछ भने यो राशिका युबतिहरुका सासू सुन्दरताको मामिलामा घमण्डी हुन्छन् । जसका कारण सम्बन्ध बिग्रन सक्छ । पारिवारिक मामिलामा एकरुपता देखिए पनि आन्तरिक रुपमा भने सासूसँगको सम्बन्ध खासै राम्रो रहदैन।

सिंह : सासू शान्त स्वभावका हुनेछन् । शान्त रहने भए पनि स-साना कुरामा बुहारीसँग रिसाउन सक्छिन। यो राशि हुनेहरुको सासूसँगको सम्बन्ध सामान्य रहनेछ ।

कन्या : सासूसँगको सम्बन्धलाइ सन्तुलित बनाउन गार्हो पर्नेछ । बुद्धिको मामिलामा प्रतिष्पर्धा हुने हुँदा मनमुटाब भैरहला । तर, बाहिरी मामिलामा भने सासूबाट राम्रै साथ मिल्नेछ ।

तुला : खासै दुख नदिने सासू मिल्नेछिन । नचाहिने कुरामा रिश नराख्ने हुँदा सम्बन्ध सामान्य रहनेछ । आफु पनि स्वतन्त्र रहन रुचाउने हुँदा तुला राशिका युबतिहरुका सासूले खासै तनाव दिदैनन् । पारिवारिक मामिलामा भने सासू अलि कडा रुपमा प्रस्तुत हुनसक्छिन ।

वृश्चिक : सासू कडा स्वभावकि हुनेछिन् । घर-परिवारमा आफ्नो राज चल्नु पर्छ भन्ने मान्यता राख्ने सासू पर्ने हुँदा य‍ राशिका युबतिहरुको सासूसँगको सम्बन्ध खासै राम्रो हुँदैन । सासूसँग संयमित रुपमा प्रस्तुत हुनु पर्नेछ ।

धनु : माया गर्ने सासू पर्ने छिन् । आफ्नि छोरि जत्तिकै मान्ने हुँदा यो राशिका युबतिहरुले सासूबाट इज्जत पनि पाउनेछन् । जिम्मेवारीको मामिलामा भने धनु राशिलाई शान्त सासू मिल्न गार्हो छ । माया गर्ने भए पनि सासूले गल्तिमा भने क्षमा दिन गारो छ ।

मकर : सासू सामान्य रहनेछिन् । खासै दुख नदिए पनि अल्छी बुहारी मन नपराउने हुँदा यो राशिका युवतीहरुले सासूसमक्ष बिशेष तरिकाले प्रस्तुत हुनु पर्नेछ । धनको मामिलामा भने सम्बन्ध बिग्रन सक्छ ।

कुम्भ : सासू राजनीतिज्ञ जस्ति हुँदा सजक रहनु पर्नेछ । सासूबाट दुख समेत खेप्नु पर्ने हुनसक्छ । हत्तपत्त सम्बन्ध नबिग्रिने भए पनि सम्बन्ध बिग्रिए पछि भने पुन त्यसमा सुधार ल्याउन गार्हो पर्नेछ ।

मीन : सासूसँगको सम्बन्ध धेरै राम्रो रहनेछ । यो राशिका युबतिहरुका सासू कि त धेरै राम्रो पर्ने छन भने कसै-कसैले रिस गर्ने सासू पनि पाउन सक्छन् । यो राशिका बिबाहिताहरु आफ्नि सासूसँग खासै नबस्ने हुँदा सम्बन्ध बिग्रिन पाउँदैन ।

प्रतिक्रिया