शुक्रबार, चैत १६, २०८०

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ असोज ११ गते १०:४६

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ४ रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया