मंगलबार, जेठ ८, २०८१

आज विश्व क्षयरोग दिवस, संसारका ९९ लाख मानिस क्षयरोग पीडित

नेपालखोज २०७८ चैत १० गते ८:०८

काठमाडाैं । आज विश्व क्षयरोग दिवस, नेपालमा पनि ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ मनाइँदैछ । २४ मार्चमा मनाउँदै आइएको विश्व क्षयरोग दिवसलाई यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रमहरु गरी सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।

यस वर्षको विश्व क्षयरोग दिवस ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जिवन बचाऔँ’ भन्ने नाराका साथमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको जानकारी गराएको छ । विश्व स्वास्थ्य संगठनले भने विश्व क्षयरोग दिवसको मुल नारा ‘nvest to end TB Save Lives′  तय गरेको छ ।

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभरी करिब ९९ लाख मानिसहरु क्षयरोगबाट पिडित भएको जनाइएको छ । जसमध्ये ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बालबालिका रहेका थिए ।

क्षयरोगका कारण वार्षिक १५ लाख मानिसको मृत्यु हुने गरेको अनुमान रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ । नेपालमा भने गत आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार २८ हजार ६७७ जना क्षयरोगका बिरामीहरु उपचारका लागि दर्ता भएको जनाइएको छ । क्षयरोगको उपचार सफलता दर ९१ प्रतिशत रहेको केन्द्रले बताएको छ ।

प्रतिक्रिया