शनिबार, जेठ ५, २०८१

ह्यारी कि प्यारीको ‘इन्ड क्ल्याप’

नेपालखोज २०७८ चैत १० गते १३:४०

काठमाडौं । लन्डन र नेपालबाट विभिन्न छोटो फिल्मका साथ म्युजिक भिडियो निर्देशन गर्दै साढे दुई दशकदेखि लन्डनको दन्त चिकित्साको क्षेत्रमा लोकप्रियता कमाएका डा. कपिल रिजालको निर्देशनमा निर्माणाधीन रोमान्टीक कमेडी फिल्म ह्यारी कि प्यारी (Harry Ki प्यारी) को इन्ड क्ल्याप गरिएको छ ।

No description available.

कोरोना कहरका समयमा खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराई, सबै कलाकार तथा प्राविधिकको पिसिआर परिक्षण गरेर स्वास्थ्य मापदण्ड अपनाउँदै पर्वतबाट सुटिङ सुरु गरिएको फिल्मको करिब डेढ महिना लगाएर सुटिङ पूरा गरिएको निर्देशक डा. रिजालले जानकारी गराएका छन् ।

डा. रिजालका अनुसार काठमाडौं, पोखरा, पर्वत, चितवनलगायतका स्थानमा फिल्मको सुटिङ पूरा गरिएको छ भने सुटिङ कार्य सोचअनुरुप सरल ढंगले सहीरुपमा सफल भएको छ । कपिलले फिल्म पूरै पारिवार बसेर हेर्न मिल्ने सिचुएसनल कमेडीमा निर्माण गरिएको जानकारीसमेत गराए। एक जमानामा एकसे एक हिट फिल्म दिएका निर्माता तथा गायक एवं गीतकार डा. भोला रिजालको बिआर प्रडक्सनको व्यानरमा दुई दशक लामो अन्तरालपछि निर्माणाधिन फिल्म डा भोला रिजालका पुत्र डा. कपिल रिजालले निर्देशन गरेका छन्। डा. कपिलले लन्डनमै बसेर अंग्रेजी भाषाका सर्ट फिल्महरु गिल्ट, साइलेन्स र कर्मा बनाइसकेका छन् भने नेपाल र लन्डनमा गरी एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। फिचर फिल्म भने ह्यारीकि प्यारी उनको डेब्यु फिल्म हो ।

फिल्ममा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाह शिर्ष भूमिकामा छन् । फिल्ममा जितु ह्यारी र साम्राज्ञी उनको प्यारीका रुपमा देखिनेछन् । जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गरेका छन् भने केही अन्य सरप्राइजसमेत रहेको निर्देशक रिजालले जानकारी गराए ।

No description available.

डा. कपिल रिजालको प्रस्तुति र निर्देशन रहेको फिल्ममा कथा निर्देशक डा. कपिल रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुसाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ ।

No description available.

प्रतिक्रिया