शुक्रबार, चैत १६, २०८०

सबैभन्दा बढी फलोअर्स भएका सेलिब्रिटी

नेपालखोज २०७८ कार्तिक २८ गते १५:२३

काठमाडौं । इन्स्टाग्राम आफैंमा सबैभन्दा ठूलो सेलिब्रेटीका रुपमा देखा पर्छ किनभने इन्स्टाग्रामका फलोअर्सको संख्या ३८.७ करोड छ । इन्स्टाग्रामलाई आईजी वा इन्स्टा मात्र पनि भनिने गरेको छ । यो फेसबुकको स्वामित्वमा रहेको फोटो तथा भिडियो केन्द्रित सोसल मिडिया प्लेटफर्म हो ।

हिजो आज सोसल मिडियामा नदेखिने मानिस कमै छन् भन्दा हुन्छ । हर व्यक्ति चाहे ति सेलिब्रेटी हुन् वा सर्वसाधारण मानिस जो कोही आफ्नो विचार, तस्बिर वा भिडियो सामाजिक सन्जालमा राख्ने होडमा पाइन्छन् । यद्यपि संसारमा त्यस्ता कमै व्यक्तित्व छन् जसका सामाजिक सन्जालमा करोडौं प्रशंसक हुन्छन् । अब हेरौं ती सेलिब्रेटीलाई जसका इन्स्टाग्राममा करोडौं फलोअर्स छन् ।

क्रिस्टियानो रोनाल्डो
क्रिस्टियानो रोनाल्डो एउटा यस्तो नाम हो जसलाई फुटबलमा रुचि राख्ने जो कसैले चिन्छ । लाखौं युवती उनको दिवाना छन् । यिनको लोकप्रियताको झलक इन्स्टाग्राममा समेत पाइन्छ । कैंयन् सेलिब्रेटीलाई पछाडि छाड्दै उनले २६.६ करोड मानिसलाई आफ्नो फलोअर्स बन्न बाध्य तुल्याएका छन् । रोनाल्डो इन्स्टाग्राममा प्रायः गरी आफ्नो परिवार र फुटबलसँग सम्बन्धित तस्बिर सेयर गर्छन् ।

एरियाना ग्रान्डे
इन्स्टाग्राममा लोकप्रिय अमेरिकी गायिका तथा अभिनेत्री एरियाना ग्रान्डेका २२.४ करोड फलोअर्स छन् । उनी इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएकी महिला हुन् । एरियाना इन्स्टाग्राममा बढीजसो आफ्नो सोलो (सिंगल) तस्बिर सेयर गर्छिन् ।

ड्वेन जोनसन
हलिउडका ‘द रक’ अर्थात ड्वेन जोनसन त्यस्ता एक्ला पहलमान तथा एक्टर हुन जसका इन्स्टाग्राममा २२ करोड फलोअर्स छन् । द रक अहिलेसम्मका सबैभन्दा महान् रेसलर मानिन्छ । उनले कैंयन् लोकप्रिय चलचित्रमा काम गरेका छन् ।

काइली जेनर
काइली जेनर इन्स्टाग्राममा निकै फेमस छिन् । यो सोसियल प्लेटफर्ममा उनका २१.८ करोड फलोअर्स छन् । काइली अमेरिकी मिडिया पर्सनालिटी, सोसलाइट, मोडल तथा बिजनेसवुमन हुन् । इन्स्टामा उनी आफ्नो निजी जीवनसँग जोडिएका तस्बिरहरु सेयर गर्छिन् ।

सेलेना गोमेज
सेलेना गोमेज सबैभन्दा रुचाइएकी सेलिब्रेटीमा छुट्न सक्ने नाम होइन । अमेरिकी गायिका तथा अभिनेत्री सेलेनाले इन्स्टामा २१.३ करोड फलोअर्स कमाएकी छिन् ।

किम कर्दाशियन
किम पूरा संसारभर चिनिएकि हस्ती हुन् । उनि सोसल मिडियामा निकै सक्रिय रहन्छिन् । इन्स्टाग्राममा अक्सर कामुक मुद्रामा देखिने किम काइली जेनरकी दिदी हुन् किम । किम इन्स्टाग्राममा आफ्नो मोडलिङ, प्राइभेट लाइफका साथ केही पुराना पारिवारिक तस्बिर सेयर गर्छिन् । उनको इन्स्टाग्राम एकाउन्टमा २०.७ करोड फलोअर्स छन् ।

लियोनेल मेसी
लियोनेल मेसी अर्जेन्टिनाका पेसेवर फुटबलर हुन् । युरोप होस् वा अरु कुनै देश मेसीको नाम बच्चा- बच्चालाई थाहा छ । फुटबल जगत्‌मा यिनको लोकप्रियता इन्स्टाग्रामका १८.७ करोड फलोअर्सबाट पनि अन्दाज गर्न सकिन्छ ।

बियोन्से नोलेस
अमेरिकी गायिका, गीतकार, अभिनेत्री, निर्देशक तथा रेकर्ड निर्माता बिय‍ोन्सेका इन्स्टा फलोअर्सको संख्या १८.७ करोड छ ।

जस्टिन बिबर
जस्टिन बिबर पप संगीतमा अहिलेको सबैभन्दा ठूलो नाम हो । बिबरले १६ वर्षको उमेरमै आफ्नो पहिलो स्टुडियो एल्बम माई वर्ल्ड २.० ( २०१० मा ) सार्वजनिक गरेका थिए भने यहि एल्बमको ‘बेबी’ गीतले उनलाई रातारात स्टार बनायो । इन्स्टाग्राममा जस्टिनका १६.४ करोड फलोअर्स छन् ।

प्रतिक्रिया