बुधबार, असार १८, २०८२

भरतपुर महानगरमा बाँडियो लालपुर्जा

नेपालखोज २०७८ चैत १० गते १५:१९

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमिविहीनहरूलाई जग्गाधनी दर्ता प्रमाण पूूर्जा (लालपुर्जा) वितरण गरेकी छन् ।

भरतपुर महानगरपालिका २९ को गाउँब्लकमा रहेका भूमिविहीनहरूलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकको जमिनको लालपुर्जा दिने कामलाई मन्न्त्रालयले पहिलो प्राथमिकतामा राखेर गरिरहेको बताइन् । उनले आगामी आर्थिक वर्षसम्ममा गाउँब्लकमा रहेका सबै भूमिहिनलाई लालपुर्जा वितरण गरिसक्ने गरी काम अगाडी बढाइएको भन्दै देशभित्र रहेका जग्गा सम्बन्धी सम्पूर्ण समस्या पनि एक वर्षभित्र समाधान गरिसक्ने गरी योजना बनाएर मन्त्रालय अगाडी बढ्न लागेको बताइन् ।

राष्ट्रिय भूमि आयोग मार्फत भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थीत बसोबासीको समस्या समाधान गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै मन्त्री श्रेष्ठले समिति र आयोग मात्रै गठन गर्ने र काम नगर्ने प्रवृत्ति पनि अब अन्त्य गर्ने गरी काम भइरहेको पनि बताइन् । वास्तविक सुकुम्वासीले मात्रै जग्गा पाउन र गैरसुकुम्बासीले जग्गा नपाउन भन्नेमा सचेत बन्न जनता र जनप्रतिनिधिहरूलाई मन्त्री श्रेष्ठले आग्रहसमेत गरिन् ।

मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी, चितवनको इच्छा कामना गाउँपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका, भक्तपुको मध्यपुर ठिमि नगरपालिका र तनहुँको बन्दीपुर गाउँपालिकाको गाउँब्लकमा रहेका भूूमि विहिनहरूलाई लालपुर्जा वितरण गरिसकेकी छन् ।

२०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जाविहीन बनिरहेकाहरूको लालपुुर्जा वितरण कार्यलाई पहिलो प्राथमिकतामा राखेर मन्त्रालयले अभियानलाइ तीव्र बनाएको छ ।

प्रतिक्रिया