सोमबार, वैशाख २९, २०८२

नेपाललाई पीएनजीले दियो २९३ रनको लक्ष्य

नेपालखोज २०७८ चैत ११ गते १३:३१

काठमाडाैं । नेपाल भ्रमणमा आएको पपुवा न्युगिनिले पहिलो एकदिवसिय खेलमा घरेलु टोलि नेपाललाई अहिलेसम्मकै सर्वाधिक २ सय ९३ रनको उच्च विजयी लक्ष्य दिएको छ। टीयू मैदान कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको पीएनजीले उसको एकदिवसिय करिअरकै सर्वाधिक स्कोर तयार गरेको हो । उसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन जोडेको थियो।

पीएनजीका लागि चार्लेस अमिनीले सर्वाधिक ७७ रनको स्कोर बनाए। त्यस्तै कप्तान आसाद भालालाई ६० रन बनाउँदा नोर्मन भनुवाले २८ बलमा ४७ रनको विष्फोटक इनिङ खेले। पीएनजीको उच्च स्कोरमा टोनी उराले ३८ रन बनाए। त्यस्तै रिले हेकुरेले ३१ रन जोडे। जसन किला १३ रनमा अविजित रहे।

नेपालका लागि कमलसिंह ऐरी, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिँदा सन्दीप लामिछाने र पवन सराफले समान १-१ विकेट हात पारे।

नेपालले सन् २०१९ मा युएईविरुद्ध २५५ रनकाे लक्ष्य पुरा गरेकाे थियाे । त्याे कीर्तिपुर मैदानमा नेपालले पुरा गरेकाे सर्वाधिक लक्ष्य रहेकाे थियाे । त्यतिबेलाका कप्तान पारस खड्काले शतकीय पारि खेलेका थिए ।

प्रतिक्रिया