‘मुकुन्देलाई फलो गर्नेहरुले मलाई फलो नगरुन्…’

नेपालखोज २०७८ चैत ११ गते १४:२७

केही साथीहरुले मलाई बारम्बार मुकुन्दे, पुण्य गौतम, ज्ञानेन्द्र शाही, दीपेन्द्र कँडेलका उदाहरण दिनुहुन्छ । अझै, यिनीहरुले भनेका कुराहरुका दलील दिएर तर्कमा जित्ने प्रयास गर्नुहुन्छ ।

म एउटा कुरा स्पष्ट पार्न चाहन्छु : तथ्यमा आधारित धारणा, प्रमाणमा आधारित निष्कर्ष, र शोधमा आधारित निर्णय प्रक्रिया मेरो वैचारिक/बौद्धिक अस्तित्वको आधार हो । यसमा प्रतिबद्ध रहेर सचेत सार्वजनिक जीवन जीउनु र त्यो आलोचनात्मक चेतका साथ जीवन र जगतलाई हेर्नु मेरो ध्येय हो ।

मुकुन्दे, पुण्य गौतम, सौरभ, ज्ञानेन्द्र शाही आदिका कुरामा दम देख्ने र मुकुन्देलाई फलो गर्नेहरुले मलाई फलो नगरुन् भन्ने मेरो आजीवन सचेत प्रयास रहनेछ । सोसल मीडियाको प्रयोगले उत्पात मचाउन र चर्चा बटुल्न सजिलो छ । प्रविधी र सामाजिक संजालको असरका रूपमा संसारभरि नै यो एउटा बौद्धिक प्रकोपका रूपमा फैलिएको छ । अर्थात् संपादन र तथ्य जाँच बिनाको सार्वजनिक धारणाको फैलावट ।

सजिलो शब्दमा भन्दा : भ्रमको खेती ।

त्यस प्रकारको उत्तेजक प्रचारमा नेपालमा पुण्य गौतम, मुकुन्दे, ज्ञानेन्द्र शाही र निक्कै हदसम्म सौरभ पनि सामेल छन् । जसले यिनका कुरामा दम देख्छन् तिनीहरु मेरा लागि आदर्श पाठक होइनन् । सचेतना र आलोचनात्मक चेत एउटा जिम्मेदारी हो आफ्नो समाज र राष्ट्रप्रति ।
दिनकर नेपालको यो स्टाटसमा आएका प्रतिक्रियाहरु :

त्यस्ता पात्र र प्रवृत्ति धेरै छन् ।
हरि बराल

ती पात्र र प्रवृत्तिबाट टाढै रहनु ।
जो आफू गर्दैन र अरुलाई पनि गर्न दिँदैनन् ।
मुकुन्दे, पुण्य गौतम, हेम थापाका विचार मन पराउनेहरु भँडुवाहरु हुन् ।
राज मार्मिक

सौरभ, मुकुन्दे एकै दर्जा मा कसरी होला र खै?
सन्दीप काफ्ले

काम नगर्नेहरुको स्वभाव नै कुरा काट्ने र अरुलाई ताैलिने हो ।
शिवलाल गौतम

सटिक र यथार्थको धरातलको कुरा गर्नु भयो । अहिले मानिसहरू समामाजिक संजालमा असामाजिक गतिविधीमा मख्ख छन । तारिफ तिनको हुन्छ जस्ले असामाजिक कार्य गरिरहेको छ । सामाजिक संजालमा वाहा वाही यति हल्का रूपमा प्रस्तुत हुदै छन की मानिसहरू सत्य , अनुसन्धान , खोज , तर्क वितर्क र कुतर्क केही भेउ पाउन छोडिसकेका जमातको हुल वढेको छ । केही दिनको तपाइसंगको मेरो संगतले देखेको के हो भने तपाइमा जुन उर्जा , ज्ञान र योजना छ तपाइ जुन सुकै राजनैतिक दलमा सजिलै फिट हुनै सक्नुहुन्न किन की तपाइ उनीहरूको तहमा जान सक्नु हुन्न र तिनैको व्यवहार र अनुकरणमा लाग्ने भए तपाइ किन तिनीहरूको संगतमा उत्रने ,अनि उनीहरू तपाइको सोच र योजनामा दिमाग पुराउनै सक्दैनन ।
कृष्णप्रसाद रेग्मी

सर तपाईं आफूलाई सौरभभन्दा माथि देख्नु हुँदोरहेछ, धन्य भएँ ।
मपाई राम्रै कुरा हो ।
बुद्धिमानहरु मपाईमा नै विश्वास गर्छन् ।
प्रशान्तविक्रम सापकोटा

सौरभ लाई मुकुन्देसँगै एउटै तहमा कुन दृस्टिकोणले राख्नुभयो होला ?
केडी आनन्दम

सौरभ अरु भन्दा फरक हुन् ।
कुलराज सुवेदी

यो लिगमा उनको नाम लेख्दा अलिकति असहज त मलाई पनि लागेको छ । तर मेन्टल मोडल उस्तै हो, प्रस्तुति परिष्कृत र अध्ययनको गोडमेल थपिएको हो ।
एकपटक पोखरामा डुंगामा सँगै थियौं – अंग्रेजीको Lake शब्द नेपाली लेक भन्ने शब्दबाट आएको हो भनेर भनेका थिए म सँग । त्यतिबेला देखि मैले उनका लेख अब पढ्दिन भन्ने निर्णय गरेको । – दिनकर

मलाई त शौरभको नाम राख्नु स्वभाबिक लाग्यो ।मलाई चै एकपटक अन्तर्वार्तामा ‘डा बाबुराम भट्टराई को हो चिन्दिन’ भनेदेखी इ मुकुन्देकै लाइनका रछन जस्तो लाग्यो । बैचारिक असहमति हुनु सामान्य कुरा हो तर देशको ‘सफल अर्थमन्त्री ‘ , प्रधानमन्त्री भैसकेको मान्छेप्रतिको त्यो स्तरको टिप्पणी मुकुन्दे सग दाज्न सुहाउने नै थियो जस्तो लाग्छ ।बाबुराम चिन्दिन भन्ने सौरभ को हो? भन्न मन लागो मलाई चै । बाबुराम सग मेरो गोरु बेचेको पनि सम्बन्ध छैन है ।
चेतनाथ निरौला

सौरभ धेरै हदसम्म भ्रामक तर प्रभावकारी बौद्धिकता पस्कने व्यक्ति हुन । तर दिनकर सरको स्टाटस का अन्य व्यक्ति भन्दा अलि स्तरीय चाहिँ हुन । यी बाहेक अरु पात्रको त के कुरा गरौं खोई ! सौरभका एक दुईवटा मात्र लेख पढेका वा अन्तर्वार्ता हेरेका व्यक्तिले सौरभलाइ महान विद्वान् मान्छन । अलि धेरै लेखहरु पढ्न र बुझ्न अनुरोध गरें ।
विष्णुप्रसाद भण्डारी

सजिलो शब्दमा भन्दा भ्रम को खेती ।
भ्रम को खेती मौलाउदै गयो देशमा
सबै खाडल मा नपरी यो भुमरी बाट छुटकारा पाउन मुस्किल छ ।
विष्णु भण्डारी

ज्ञानेन्द्रका आवाज चर्का र भद्दा छन् तर देशप्रेमि छन् । केपि , सेरे , प्रचण्ड जस्ता गद्द्दार त पक्कै छैनन् ।
वीरेन्द्र शाही
चर्का र भद्दा आवाज देशप्रेमी हुन सक्दैनन् । वास्तविक देशप्रेमी भद्दा हुनै सक्दैन – जो पहिला आँफु र आफ्नो समाज प्रति उत्तरदायी हुन सक्दैन, उ देशप्रेमी हुन सक्दैन । -दिनकर

सौरभ र तपाईंको त तुलनै गर्न मिल्दैन ।तपाईंले उल्लेख गर्नु भएको अरु नाममा त सहमत तपाईंसँग ।तर,सौरभलाई चाँहि आफू भन्दा पनि निचँ देखेकोमा भ्यागुतोले पर्खाल भत्केर रित्तिन लागेको पोखरी थाम्छु भने जस्तै लाग्यो ।
राम ढुंगाना
सौरभसँग तुलना अथवा तल वा माथिको कुरा होईन । कुरा आलोचनात्मक चेतको हो ।
तथ्यमा आधारित धारणा लोकतान्त्रिक समाजको लागि आधारभूत नभई नहुने कुरा हो । सुसुचित जनता नभई लोकतन्त्र बलियो हुँदैन ।
सौरभ हुइयाँहरुका सेनापति हुन् ।
-दिनकर

प्रतिक्रिया