ढुवानी गर्न खच्चडको साहरा !
नेपालखोज
२०७८ चैत ११ गते १४:२४

दार्चुला । बाटोको सुविधा नभएका दार्चुलालगायत पहाडी तथा हिमाली जिल्लाहरुमा ढुवानीका लागि खच्चडको साहरा लिनु पर्दछ । भिरालो तथा अप्ठेरो बाटो भएको स्थानमा सवारी साधन गुड्न नसक्ने हुँदा सामान ढुवानीका लागि खच्चड तथा चौरीबाट ढुवानी गर्नु पर्दछ ।

प्रस्तुत तस्बिरमा दार्चुलाको नौगाड गाउँपालिका–१ का स्थानीयवासी खच्चडमार्फत अल्लो ढुवानी गरिरहेको देख्न सकिन्छ । यस गाउँपालिकामा सबैभन्दा बढी अल्लो उत्पादन हुने गर्दछ । सडक नपुगेका कारण उनीहरुले खच्चडमार्फत अल्लो ढुवानी गर्ने गरेका छन् । गरेका हुन् ।
जंगलमा पाइने अल्लो संकलन गरे बापत स्थानीयवासीले प्रतिकिलो रु १०० पाउने गरेका छन् । प्रशोधित अल्लोबाट जुत्ता, टोपी, कोट, प्वाइन्ट झोलालगायतका सामग्री निर्माण हुने गर्दछ ।
तस्बिर : रासस
सम्बन्धित
प्रतिक्रिया