राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तीन अर्ब ४५ करोड संस्थागत निक्षेप राख्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तीन अर्ब ४५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धती निक्षेपको रुपमा २०७९ वैशाख चार गतेदेखि २०८० वैशाख चार गतेसम्मको लागि राख्न लागिएको हो ।
यसरी मुद्धती निक्षेपको रुपमा राखिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि दुई अर्ब ७६ करोड, विकास बैंकहरुको लागि ५१ करोड ७५ लाख र फाईनान्स कम्पनीहरुको लागि १७ करोड २५ लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही चैत १५ गते साँझ पाँच बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याजसमेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छ ।

प्रतिक्रिया