करेन्ट लागेर मजदुरको मृत्यु
नेपालखोज
२०७८ चैत ११ गते १५:३१

काठमाडौं । सर्लाहीको सदरमुकाम मलंगवामा विद्युतीय पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको फेटा गाउँपालिका–१ त्रिवेणी का २५ वर्षीय शिवजी महतो रहेको प्रहरीले जनाएको छ ।
मलंगवा नगरपालिका–४ विश्वकर्मा चोकमा आज पोल गाड्ने क्रममा महतोलगायत अन्य तीन मजदुरलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलंगवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठेकेदारमार्फत विद्युत् विस्तार काम गर्ने क्रममा ११ हजारको तारमा पोलमा भएको फालामे दण्डी छुन गई करेन्ट लाग्दा महतोको मृत्यु भएको नेपाल विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रका प्रमुख विनोद यादवले जानकारी दिए । मृतक परिवारलाई क्षतिपूर्ति प्रदान गरिने उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया