एकदिवसीयमा ५ सय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने रोहित
नेपालखोज
२०७८ चैत ११ गते १६:२१

काठमाण्डौ । नेपालका युवा ब्याटर रोहित पौडेलले पपुवा न्युगिनी (पीएनजी) सँगको खेलमा पाँच सय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।
रोहित पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई पछि पार्दै एकदिवसीयमा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर बनेका हुन् । रोहितले ५४ बलमा ५० रन बनाएका थिए । यो रन जोड्दा उनले १६ खेलमा पाँच सय १२ रन बनाउँदै पहिलो खेलाडी बन्न सफल भए ।

एकदिवसीयमा नेपालबाट ज्ञानेन्द्रले चार सय ८० रन बनाउँदा पारस खड्काले तीन सय सय १५ रन बनाएका छन् । रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच सय रन पूरा गरि आफुलाई कीर्तिमान साबित गरेका छन् ।
रोहित पौडेलले करिअरको पाँचौं एकदिवसिय अर्धशतक पुरा गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया